+
+

बारामा मधेसी मोर्चाका कार्यकर्ताले मोटरसाइकल जलाए, वीरगन्जमा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ ८ गते ९:३७

Map-of-bara८ माघ, बारा । संयुक्त मधेसी मोर्चा बाराका कार्यकर्ताहरुले शुक्रबार बिहान दुर्इ मोटरसाइकलमा आगजनी गरेका छन् । बिहान आठबजेको समयमा भरतचोकमा रहेका दुर्इ मोटरसाइकलमा आगजनी गरिएको प्रहरीले जनाएको छ ।

भारतको आधापुरबाट मोटरसाइकलमा ग्यालेनमा राखी पेट्रोल ल्याएको भेटेपछि मोर्चाका कार्यकर्ताले मोटरसाइकल चालकलाई कुटपिट गर्नुका साथै ना १० प २८२५ र लु १ प ९५५० नं का दुईवटा मोटरसाइकल आगजनी गरी नष्ट पारेका छन् ।

सो घटनाका कारण अहिले भरत चोकमा सुरक्षाकर्मी र मोर्चाका कार्यकर्ताबीच तनाव भइरहेको छ ।

त्यस्तै मोर्चाका कार्यकर्ताले वीरगन्जका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् । घन्टाघर नजिकै बा १० च ८३२४ नम्बरको गाडीमा तोडफोड गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?