+
+

ग्लोबल आईएमई बैंक र सिमेक्स इंकबीच सम्झौता

बीवाईडी गाडी किन्दा बैंकबाट सहजरूपमा कर्जा पाइने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ६ गते १३:४१

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रालि बीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई सहजरूपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने विषयमा सिमेक्स इंकसँग समझदारी भएको बैंकले जनाएको छ ।

समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र सिमेक्स इंक प्रालिका सेल्स तथा सोरुम म्यानेजर सन्ध्या श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

समझदारी अनुसार बीवाईडी ब्रान्डको विद्युतीय सवारीसाधन खरिद गर्न चाहने ग्राहकका लागि बैंकले सहजरूपमा कर्जा उपलब्ध गराउने छ । जसका लागि आवश्यक कागजात तथा विवरणका साथ आफूलाई पायक पर्ने बैंकको शाखा कार्यालयमा निवेदन दिनुपर्ने छ ।  बैंकले उचित ठहर्‍याएका ग्राहकलाई तीन कार्यदिन भित्र सवारीसाधन कर्जा प्रवाह गर्नेछ ।

ग्रिन फाइनान्सिङ प्रवर्द्धन गर्न बैंकले व्यक्तिगत प्रयोजनका सवारीसाधनलाई न्यूनतम ब्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ ।

आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका योजनाहरू ल्याएर ग्राहकलाई लावान्भित गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?