+
+
Shares

‘पेन्सन पट्टा’ हेर्न पोखराका हल खचाखच

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २९ गते १४:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • माओत्से गुरुङको लेखन र निर्देशनको फिल्म ‘पेन्सन पट्टा’ ले पोखरा, काठमाडौं र अन्य जिल्लाका हलमा दर्शकको साथ पाइरहेको छ।
  • निर्देशक गुरुङका अनुसार माउथ पब्लिसिटीका कारण फिल्म हेर्न दर्शक हलमा आइरहेका छन् र पोखराका हलहरू रिलिजदेखि नै हाउसफूल छन्।
  • सामाजिक विषयवस्तु, पारिवारिक सम्बन्ध र मानवीय संवेदनामा आधारित यो फिल्म यतिबेला बेलायतमा पनि प्रदर्शन भइरहेको छ।

काठमाडौं । माओत्से गुरुङको लेखन तथा निर्देशनमा बनेको नेपाली फिल्म ‘पेन्सन पट्टा’ ले प्रदर्शनको सुरुवाती दिनदेखि दर्शकको साथ पाइरहेको छ । गुरुङको गृहथलो पोखराका हल त रिलिजदेखि नै हाउसफूल छन् ।

यस्तोमा, दर्शकले अन्य जिल्लाका हलमा पनि दर्शकको साथ पाइरहेको निर्देशक गुरुङ बताउँछन् । माउथ पब्लिसिटीको कारण फिल्म हेर्ने दर्शक हलमा आइरहेको उनको भनाइ छ ।

पोखरासँगै काठमाडौंसहित देशका विभिन्न सहरमा दर्शक खचाखच रहेको प्रेषित विवरणमा जनाइएको छ । चितवन, झापा तथा काठमाडौंका एफक्यूब, सिटी स्क्वायर, लबिम र सिभिल हलमा पनि दर्शकको ओइरो लागेको जनाइएको छ ।

काठमाडौं बाहिर लमजुङ, दमौली, बुटवल, दमक लगायतका विभिन्न स्थानमा समेत फिल्मले राम्रो दर्शक पाइरहेको निर्माता तथा निर्देशक गुरुङ बताउँछन् ।

सामाजिक विषयवस्तु, पारिवारिक सम्बन्ध र मानवीय संवेदनालाई केन्द्रमा राखिएको फिल्मले दर्शकलाई मनोरञ्जनसँगै भावनात्मक रूपमा जोड्न सफल भएको प्रतिक्रिया आइरहेका छन् ।

गुरुङ संस्कृतिमा आधारित पेन्सन पट्टाको विषयमा यो फिल्म बनेको छ । दयारानीपछि माओत्सेको यो दोस्रो निर्देशकीय नेपाली फिल्म हो । यो फिल्म यतिबेला बेलायतमा पनि प्रदर्शन भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?