+
+
Shares

‘पेन्सन पट्टा’ को नयाँ गीत ‘ऐना हेरेर’ ले कथावस्तुबारे के भन्न खोजेको हो ?

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २२ गते १२:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘पेन्सन पट्टा’ को दोस्रो गीत ‘ऐना हेरेर, कपाल कोरेर’ सार्वजनिक भएको छ।
  • गीतमा सुरज तामुको शब्द र सङ्गीत तथा सुज र शान्ति श्री परियारको स्वर रहेको छ।
  • २६ भदौबाट प्रदर्शनमा आउने फिल्ममा लाहुरे जीवन, पेन्सन, पारिवारिक सम्बन्ध, प्रेम, त्याग र सामाजिक संरचना समेटिएको छ।

काठमाडौँ । फिल्म ‘पेन्सन पट्टा’ को दोस्रो गीत ‘ऐना हेरेर, कपाल कोरेर’ सार्वजनिक भएको छ। प्रेम र मायाको भावनालाई केन्द्रमा राखिएको गीतमा सुरज तामुको शब्द तथा सङ्गीत, गीतमा सुजसँगै शान्ति श्री परियारको स्वर छ ।

गीतको भिडियोमा अभिनेता मनोज गुरुङ र अनुशा राईको अभिनय देख्न सकिन्छ । २६ भदौबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्मले लाहुरे जीवनसँग जोडिएको पेन्सन, पारिवारिक सम्बन्ध, प्रेम, त्याग र सामाजिक संरचनालाई कथा बनाएको छ ।

पेन्सनपट्टामा आमाको नाम नभई बाबुकी पहिलो पत्नीको नाम रहेको प्रसङ्गबाट कथा अघि बढ्छ । वर्षौँदेखि परिवारको स्मरणबाट समेत ओझेलमा रहेकी जेठी आमाको खोजीमा निस्कने पात्रमार्फत हराएको पेन्सन पट्टासँगै पारिवारिक विगत, सम्बन्धको दूरी, पहिचान र पेन्सन अधिकारसँग जोडिएका जटिलता कथामा जोडिएका छन् ।

माओत्से गुरुङको निर्देशन रहेको फिल्ममा दयाहाङ राईसँगै गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, मनोज गुरुङ, अनुशा राईलगायत कलाकारको अभिनय छ । फिल्मलाई आरआर फिल्म्समार्फत रोहित कट्टेल र रत्न श्रेष्ठले देशभर वितरण गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?