News Summary
Generated by OK AI. Editorially reviewed.- माओत्से गुरुङ निर्देशित नेपाली फिल्म पेन्सन पट्टाको प्रदर्शन तयारीस्वरूप पहिलो झलकसहित तीनवटा पोस्टर सार्वजनिक गरिएको छ।
- यो फिल्म आगामी २६ भदौदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउने निर्माताले जानकारी दिएका छन्।
- दयाहाङ राई, बुद्धि तामाङ र सुनिल थापालगायतका कलाकारको अभिनय रहेको यो फिल्मले मानवीय संवेदना र संघर्षको कथा प्रस्तुत गर्छ।
काठमाडौं । माओत्से गुरुङ निर्देशित नेपाली फिल्म ‘पेन्सन पट्टा’ को पहिलो झलक सार्वजनिक भएको छ । प्रदर्शन तयारीमा रहेको फिल्मले प्रचारप्रसार सुरु भएको जनाउँदै पोस्टर ल्याएको छ ।
माओत्सेकै शीर्षमध्येको भूमिका रहेको यो फिल्म २६ भदौदेखि प्रदर्शनमा आउनेछ । भिन्न शैली र अर्थका ३ पोस्टर सार्वजनिक गर्दै निर्माताले पोस्टर सार्वजनिक गरेका हुन् ।
सार्वजनिक पोस्टरले फिल्मको कथावस्तु, पात्र र परिवेशलाई चित्रण गर्छन् । माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मले आशा, संघर्ष र मानवीय संवेदनालाई केन्द्रमा राख्दै जीवनमा लक्ष्य प्राप्तिका लागि गर्नुपर्ने प्रयासको कथा भन्ने जनाइएको छ ।
फिल्ममा दयाहाङ राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सनविक्रम राई, पुष्कर गुरुङ, पशुपति राई, सुनिल थापा, सोल गुरुङ, मनोज गुरुङ, अनुशा राई, लुनिभा तुलाधरको अभिनय छ ।
छायांकन सुसन प्रजापति, सम्पादन केर डी. कोइच लिनुच, कलरिस्ट राजेन्द्र मोक्तान, साउन्ड डिजाइन उत्तम न्यौपाने, सिंक साउन्ड नवीन श्रेष्ठ, भिएफएक्स मनोज श्रेष्ठ र कला निर्देशन राजु याक्चाले गरेका छन् ।
निर्मातामा मिन कोन्मे गुरुङ, भोजबहादुर गुरुङ, माया गुरुङ र सपना गुरुङ छन् । फिल्मलाई विभिन्न देशमा प्रदर्शनमा ल्याउने तयारी भैरहेको जनाइएको छ ।
नेपालमा भने यो फिल्म २६ भदौमा रिलिज तयारीमा छ ।

प्रतिक्रिया 4