+
+
Shares

दयाहाङ अभिनित फिल्म ‘पेन्सन पट्टा’ को ट्रेलर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १४:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • माओत्से गुरुङ निर्देशित र दयाहाङ राई अभिनीत फिल्म ‘पेन्सन पट्टा’को ट्रेलर सार्वजनिक भएको छ।
  • ट्रेलरमा दिवंगत बाबुको पेन्सनपट्टामा आमाको नाम नभई पहिलो पत्नीको नाम रहेको प्रसंगबाट कथा अघि बढेको देखिन्छ।
  • फिल्म भदौ २६ गतेदेखि प्रदर्शनमा आउनेछ।

काठमाडौं । लाहुरे जीवनलाई बाहिरबाट हेर्दा पेन्सन, प्रतिष्ठा र सुख-सुविधासँग जोडेर बुझिन्छ । तर, यही जीवनशैलीसँग गाँसिएका पारिवारिक उतारचढाव, सम्बन्धका जटिलता र भावनात्मक पीडा कति गहिरा छन् भन्ने कथा बोकेर आएको छ फिल्म ‘पेन्सन पट्टा’

माओत्से गुरुङको निर्देशन तथा दयाहाङ राईको मुख्य अभिनय रहेको फिल्मको ट्रेलर सार्वजनिक भएसँगै यसले उठाउन खोजेको विषयबारे चासो बढाएको छ ।

आयोजित पत्रकार सम्मेलनमा यो फिल्मको ट्रेलर सार्वजनिक गरियो । ट्रेलरमा दिवंगत बाबुको पेन्सनपट्टामा आमाको नाम नभई बाबुकी पहिलो पत्नीको नाम रहेको प्रसंगबाट कथा अघि बढेको देखिन्छ ।

परिवारमा वर्षौंदेखि चर्चा र स्मरणबाटै ओझेलमा रहेकी जेठी आमाको खोजीमा निस्कने पात्रले केवल एउटा व्यक्तिको खोजी गर्दैन, बरु लाहुरे परम्पराले परिवार, सम्बन्ध र समाजमा पारेको प्रभावको तह खोल्दै जान्छ । पेन्सनको अधिकारसँगै जोडिएको यो खोजी फिल्ममा पारिवारिक विगत, सम्बन्धको दूरी र पहिचानको प्रश्नसँग जोडिएको देखिन्छ ।

भदौ २६ गतेदेखि दर्शकमाझ आउने ‘पेन्सन पट्टा’ले लाहुरे जीवनको चमकभन्दा पर रहेको भावनात्मक र सामाजिक पाटोलाई पर्दामा ल्याउने अपेक्षा गर्न सकिन्छ ।

फिल्ममा दयाहाङसँगै गौमाया गुरुङ, विल्सनविक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, पुष्कर गुरुङ, सुनील थापा, लुनिभा तुलाधर लगायतको अभिनय छ । फिल्मलाई मीन कोन्मे गुरुङ, भोजबहादुर गुरुङ, माया गुरुङ र सपना गुरुङले निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?