+
+
Shares

दिल्लीबाट काठमाडौं उड्न लागेको विमानमा बम राखिएको आशंका

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ ११ गते १६:०१

Jet-Airways

११ माघ, काठमाडौं । बम राखिएको आशंकामा दिल्लीबाट काठमाडौंका लागि उड्न लागेको जेट एयरवेजको विमान ग्राउण्डेड गरिएको छ ।

जेट एयरवेजको विमान सोमबार दिउँसो करिव १ः२५ मा काठमाडौं उड्नुपर्ने थियो । विमानमा १०४ जना यात्रु र ७ जना चालक दलका सदस्य थिए ।

विमान उड्नु अघि अज्ञानत व्यक्तिले विमान स्थलमा फोन गरेर ‘हृयापी रिपब्लिक डे, सिट नम्बर १८ मा गिफ्ट बक्स छाडेको छु’ भनेका थिए ।

लगतै उडान रद्ध गरिएको छ भने सुरक्षित क्षेत्रमा लगेर विमान राखिएको छ । जेट एयरवेजले एक विज्ञप्ती जारी गरी सुरक्षा खतराका कारण फ्लाइटमा ढिलाइ भएकाे बताएकाे छ । विमानमा बम छ की छैन भन्ने अहिलेसम्म खुलेकाे छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?