+
+
Shares

अमेरिका-इरान वार्ताका लागि उच्च सुरक्षासहित तयार छ इस्लामाबाद

इरानको वार्ता टोली इस्लामाबाद पुगिसकेको छ । अमेरिकी टोली पनि इस्लामाबादका लागि हिँडिसकेको छ । अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरेका छन् भने इरानको नेतृत्व सभामुख मोहम्मद बगर गालिबाफले गरिरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २८ गते १०:३१

२८ चैत, काठमाडौं । अमेरिका र इरानका प्रतिनिधिमण्डलबीच हुन गइरहेको उच्चस्तरीय वार्ताका लागि पाकिस्तानले सुरक्षा र व्यवस्थापकीय तयारीलाई मजबुत बनाइएको छ ।

पाकिस्तानका गृहमन्त्री मोहसिन नाक्वीले विदेशी प्रतिनिधिहरूका लागि पूर्ण सुरक्षा सुनिश्चित गर्न एक विस्तृत योजना तयार गरिएको बताएका छन् । इस्लामाबादका अधिकारीहरूले वार्ताको पूर्वसन्ध्यामा व्यापक सुरक्षा उपायहरू लागू गरेका छन् ।

व्यवस्थापनलाई सहज बनाउन पाकिस्तानका जुम्ल्याहा सहर इस्लामाबाद र रावलपिन्डीमा स्थानीय बिदा घोषणा गरिएको छ । ‘ब्लु बुक’ भीभीआईपी प्रोटोकल अन्तर्गत प्रहरी, अर्धसैनिक बल र अन्य सुरक्षा निकायहरू परिचालन गरिएको छ ।

सिन्ह्वाका अनुसार विदेशी प्रतिनिधिमण्डलको आवागमनका लागि छुट्टाछुट्टै मार्गहरू निर्धारण गरिएका छन् । इस्लामाबाद प्रहरीले एक्सप्रेस राजमार्गमा सवारी साधनहरू अन्यत्र मोडिने जानकारी दिँदै ट्राफिक एडभाइजरी जारी गरेको छ ।

पाकिस्तानले वार्तालाई मध्यनजर गर्दै उद्दार सेवा र अस्पतालहरूलाई उच्च सतर्कता (हाई अलर्ट) मा राखेको छ । रेड जोनमा रहेको पाँचतारे होटल सेरेना पूर्ण रूपमा प्रतिनिधिमण्डलका लागि मात्र आरक्षित गरिएको छ ।

इरानी र अमेरिकी प्रतिनिधिमण्डलको बसाइका क्रममा राजधानी प्रवेश गर्ने धेरै नाकाहरू सिल गरिने भएका छन् ।

दुवै पक्षलाई वार्ताको टेबुलमा ल्याउन पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ र उपप्रधानमन्त्री एवं विदेशमन्त्री मोहम्मद इसाक दारले क्षेत्रीय नेताहरूसँग परामर्श गर्नुका साथै तेहरान र वासिङ्टनसँग कूटनीतिक सम्पर्क कायम राखेका छन् ।

सबै सरोकारवालाहरूसँगको पुरानो सम्बन्ध र पाकिस्तानको तटस्थताले संवादलाई अघि बढाउन विशेष भूमिका खेल्ने विश्लेषण विश्लेषकहरूले गरेका छन् ।

इरानको वार्ता टोली इस्लामाबाद पुगिसकेको छ । अमेरिकी टोली पनि इस्माबादका लागि हिँडिसकेको छ । अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरेका छन् भने इरानको नेतृत्व सभामुख मोहम्मद बगर गालिबाफले गरिरहेका छन् ।

-समाचार संस्था सिन्ह्वाको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?