+
+
Shares

अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको उच्चस्तरीय टोली

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २८ गते ८:०३
Photo Credit : X/@IraninSA

२८ चैत, काठमाडौं । अमेरिकासँग हुने भनिएको शान्ति वार्ताका लागि इरानको उच्चस्तरीय प्रतिनिधिमण्डल पाकिस्तानको राजधानी इस्लामाबाद पुगेको छ ।

इरानको सरकारी मिडियाका अनुसार उक्त प्रतिनिधिमण्डल वार्ताको तयारीका लागि इस्लामाबाद पुगेको हो ।

बीबीसी हिन्दीका अनुसार पाकिस्तानको विदेश मन्त्रालयले एक वक्तव्य जारी गर्दै इरानी प्रतिनिधिमण्डल इस्लामाबाद आइपुगेको पुष्टि गरेको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार नूर खान अन्तर्राष्ट्रिय विमानस्थलमा उक्त टोलीलाई स्वागत गरिएको छ ।

इरानी प्रतिनिधिमण्डलको नेतृत्व इरानी संसदका सभामुख मोहम्मद बगर गालिबाफले गरिरहेका छन् । उनीसँगै इरानका विदेशमन्त्री अब्बास अराघची, रक्षा परिषदका सचिव अली अकबर अहमदियान, केन्द्रीय बैंकका गभर्नर अब्दुलनासिर हेम्मती तथा संसदका अन्य सदस्यहरू पनि सहभागी छन् ।

उक्त टोलीलाई पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इसहाक डारले स्वागत गरेका थिए । स्वागत कार्यक्रममा राष्ट्रिय सभाका सभामुख सरदार अयाज सादिक, सेना प्रमुख फील्ड मार्शल सैयद आसिम मुनीर तथा गृहमन्त्री मोहसिन रजा नक्वी पनि उपस्थित रहेका थिए ।

इरान र अमेरिकाबीच हुने सम्भावित वार्तालाई क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा चासोका साथ हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?