Comments Add Comment

लेभी दर घटाउने मलेसिया सरकारको संकेत

thestar_zahidHamidi
क्वालालम्पुर । मलेसिया सरकारले विदेशी कामदारको लेभी चार गुणासम्म बढाउने हालैको निर्णयमा पुनःबिचार गर्ने बताएको छ ।
मलेसियाका उपप्रधानमन्त्री एवम् गृहमन्त्री अहमद हिमिदीले हालै स्थानीय संचारमाध्यमसँग कुरा गर्दै लेभी दर बढाउने निर्णयमा भएको बिरोधप्रति सरकारले पुनःबिचार गर्ने बताएका हुन् ।

रोजगारदाताहरुको संस्थाले चार गुणासम्म लेभी बढाउने निर्णयको चर्को बिरोध गरेपछि हालै प्रधानमन्त्रीसहितको बैठकमा यसबारे पुनःबिचार गर्ने निर्णय भएको प्रधानमन्त्री कार्यालयका एक मन्त्रीलाई उदृत गर्दै एशियावानले जनाएको छ ।

‘हामीले यसमा पुनर्विचारको आवश्कयता देखेका छौं’ प्रधानमन्त्री कार्यालका मन्त्री दातुक सेरी वीले भने । सरकारको निर्णयबाट उत्पन्न प्रतिकृया पश्चात प्रधानमन्त्री नजिवले यसमा आवश्यक गृहकार्य गर्न उपप्रधानमन्त्री हमीदीलाई निर्देशन दिइसकेको मन्त्री वीले जानकारी दिए ।

प्रधानमन्त्रीले यसबारेमा व्यवसायीहरुका छाता संस्थाहरुसँग अबिलम्व छलफल गर्न निर्देशन दिइसकेको समाचारमा जनाइएको छ । सो छलफल पछि नयाँ नेभीका बारेमा निर्णय हुनसक्ने उनले जानकारी दिए ।

लेभी दर बढाउने निर्णयले मुलुकभित्र अवैधानिक कामदारलाई प्रोत्साहन मिल्ने र उत्पादन लागत बढ्न गई मलेसियाका उत्पादनहरुको विश्वबजार गुम्ने भन्दै ब्यबसायीले चिन्ता जनाएका छन् ।

सरकारले फेब्रुअरी १ तारिखदेखि लागू हुनेगरी विदेशी कामदारको लेभी चार गुणासम्म बृद्धि गरेको थियो । यसबाट साढे दुई अर्ब रिंगेट अर्थात करिव साढे ६२ अर्ब रुपैयाँ अतिरिक्त आम्दानी गर्ने सरकारको लक्ष्य थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment