Comments Add Comment

युरोपमा दोहोरी गीत प्रतिष्ठानको शाखा बिस्तार

look gge bidesh maबसन्त रानाभाट
बार्सिलोना ।  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, यूरोप शाखा गठन गरिएको छ । स्पेन निबासी लोक दोहोरी गायीका सुमी घिमिरे सापकोटाको अध्यक्षमा युरोप शाखाको तदर्थ समिति गठन भएको हो । युरोपका बिभिन्न मुलुकहरुबाट शनिबार पोर्चुगलको लिस्बन पुगेका लोक दोहोरी कलाकारहरु मिलेर शाखा गठन गरेका छन् ।

युरोप शाखाको बरिष्ठ उपाध्यक्षमा भगवान भुजेल चयन भएका छन् । त्यस्तै प्रथम उपाध्यक्षमा नबिन भट्टराई  र द्वितीय उपाध्यक्षमा पूर्ण अर्याल  सर्बसम्मत चयन भएका छन् । यस्तै महासचिबमा शिब सुबेदी चयन हुँदा  सचिवमा दिपक बुढाथोकी, कोषाध्यक्षमा बिनिता लामिछाने र सह कोषाध्यक्षमा शम्भु सिलवाल चुनिएका छन् ।

युरोप शाखाका सदस्यहरुमा सुबासचन् पुन,ईमानसिंह बुढा मगर, अनिता राना, सिता सुबेदी, रुक्मिणी भट्टराई, भुवन अछामी, कुल मगर, तेज गाहा मगर,लालमती गुरुङ, दुर्गा थापा, बिनोद भण्डारी,लिल गुरुङ, अंकिता मगर, आशिष परियार, प्रेम गुरुङ र बिनोद मगर सर्बसम्मत चयन भएका छन् ।

स्पेन निबासी बरिष्ट लोकगायक राजेन्ऽ लम्साललाई संरक्षक र प्रबक्तामा पोर्तुगलका जे.बी.ओली चयन भएका छन्। यस्तै सल्लाहकारहरुमा मुक्त बहादुर गुरुङ, भिम कमल केसी ,लव थापा ,शिब कुमार बरुवाल ,हेमराज शर्मा र देबीदत्त शर्मा रहेका छन्।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक समेत रहेका लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ,एनआरएनए पोर्तुगलका अध्यक्ष भिम कमल केसी,आईसीसी सदस्य रमेश कुमार गुरुङ लगायतको उपस्थिति रहेको थिया ।

ग्याग्दी जिल्ला स्थायी घर भई हाल बार्सिलोना बस्दै आएकी लोक तथा दोहोरी गायिका घिमिरे अध्यक्षमा चयन भए पछि थप जिम्मेबारी बढेको बताएकी छन्। उनले भनिन्” अब सबै कलाकारहरुमा मलाई जस्तै जिम्मेबारी बढेको छ,युरोपका ठाउँ ठाउँमा लोक तथा दोहोरीका भाकाहरुलाई पुर्याउँनका लागि हामी लागि पर्ने छौ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment