Comments Add Comment

आफ्नो गुगल अकाउण्टका सबै गतिविधि यसरी थाहा पाउनुस्

googleतपाइँको जिमेल अकाउण्टमा धेरै गोप्य कुराहरु राख्नु भएको हुनसक्छ । आफ्नो बैंक अकाउण्टका विवरण, विभिन्न खाले गोप्य तथा संवेदनशील कागजातका विवरण, साथी तथा परिवारको इमेल आदि आदि । त्यसैले यस्तो संवेदनशील जिमेल अकाउण्टलाई सुरक्षित राख्न र ह्याकरबाट बचाउनका लागि तपाइँ सधै चनाखो बन्नुपर्छ ।

गुगल ड्यासबोर्डको प्रयोग गरी तपाइँले आफ्नो जिमेल अकाउण्टमा हरेक समय नजर राख्न सक्नुहुन्छ ।
तपाइँलाई यसमार्फत हरेक महिना यस्तो रिपोर्ट प्राप्त हुन्छ जसले तपाइँको लगइनका बारेमा सम्पूर्ण जानकारी प्रदान गर्दछ ।

गुगल ड्यासबोर्ड कसरी सेटअप गर्ने ?

सबैभन्दा पहिले आफ्नो जिमेल अकाउण्टमा लगइन गर्नुहोस् । त्यसपछि आफ्नो प्रोफाइल पिक्चरमा क्लिक गर्नुहोस् र त्यहाँ रहेको माइ अकाउण्ट अप्सन छान्नुहोस् ।

त्यसपछि तपाइँले आफ्नो गुगल अकाउण्ट पेज देख्नुहुनेछ । तपाइँले त्यहाँ रहेको पर्सनल इन्फो एण्ड प्राइभेसी अप्सनमा गएर अकाउण्ट ओभरभ्यू छान्नुपर्नेछ ।

त्यहाँ तपाइँले भ्यू ड्यासबोर्ड नामक अप्सन देख्नुहुन्छ । त्यहाँ तपाइँले आफ्नो जिमेल अकाउण्टको पासवर्ड हाल्नुपर्ने हुनसक्छ ।

ड्यासबोर्डमा तपाइँले आफ्नो गुगल अकाउण्ट तथा गुगल सर्भिस जस्तै यु ट्युब, गुगल न्युज, गुगल ड्राइभ, गुगल प्लस, गुगल प्ले तथा म्याप्स जस्ता आफुले प्रयोग गरेका सर्भिसहरुको जानकारी प्राप्त हुनेछ ।
ड्यासबोर्डमा तपाइँले सेण्ड मी मन्थ्ली रिमाइन्डर टू चेक माइ अकाउण्ट एक्टिभिटी नामक अप्सनको अगाडि रहेको बक्समा क्लिक गर्नुहोस् ।

त्यसपछि गुगलले तपाइँको गुगल अकाउण्टसँग सम्बन्धित विभिन्न जानकारीहरु हरेक महिना तपाइँको जिमेल इनबक्समा पठाइदिनेछ ।

तपाइँको गुगल अकाउण्टमा भएका सबै गतिविधिको जानकारी तपाइँले प्राप्त गरेसँगै तपाइँले कतै आफ्नो कुनै गुगल अकाउण्ट कुनै व्यक्तिले  ह्याक गरेर गलत रुपमा प्रयोग गरिरहेको त छैन ? भन्ने जानकारी पनि प्राप्त गर्न सक्नुहुन्छ । यसले गुगल अकाउण्टको सुरक्षामा तपाइँलाई चनाखो बनाइदिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment