Comments Add Comment

कोइरालाको अन्त्येष्टि राजकीय सम्मानसहित गरिने, भोलि सार्बजनिक विदा

Pmo-Office

२६ माघ, काठमाडौं । सरकारले दिवंगत पूर्वप्रधानमन्त्री सुशील कोइरालाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र बुधबार सार्बजनिक विदा दिने निर्णय गरेको हो ।

कोइरालाको अन्त्येष्टि बुधबार पशुपति आर्यघाटस्थित विद्युतीय शव दाहगृहमा गरिनेछ ।

कोइरालाको निधनको शोकमा २७ देखि २९ गतेसम्म देशभरका सरकारी कार्यालयहरु र स्वदेश तथा विदेशका कुटनीतिक नियोगका कार्यालयहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ । सो अवधिभित्र कुनै पनि औपचारिक कार्यक्रमहरु गरिनेछैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment