Comments Add Comment

बलिउड अभिनेत्री अमीषा पट्टेलको यस्तो हर्कत ?

एकाध नेपाली फिल्म निर्माण गरेकी प्रज्ञा जोशीलाई ‘चेक बाउन्स’को आरोपमा पक्राउ गरेको खबर छाइरहँदा बलिउड अभिनेत्री अमीषा पट्टेल पनि यस्तै फन्दामा परेकी छिन् ।

प्रहरी स्रोतका अनुसार प्रज्ञा जोशीले जग्गा कारोबारमा ५० लाखको चेक दिएकी थिइन्, जुन बाउन्स भएपछि उनीमाथि ठगी मुद्दा परेको हो ।

उता बलिउड अभिनेत्री अमिषा पट्टेलले दिएको भारु तीन करोड रुपैयाँ चेक बाउन्स भएपछि उनी फन्दामा परेकी हुन् । उनीमाथि पनि ‘धोखाधडी’को मुद्दा लागेको छ । फिल्म निर्माता अजय कुमारले आफुमाथि यसरी ठगी भएको बताएका छन् ।

उनले भनेका छन्, ‘अमीषाले मबाट अढाई करोड रुपैयाँ लिएका थिए, जसलाई ब्याजसहित फर्काउने सर्त राखेकी थिइन् ।’

उनका अनुसार अमिषा र उनका साथी कुणालले फिल्म ‘देसी म्याजिक’ बनाउने भन्दै उक्त पैसा लिएका थिए । तर, अमिषाले पैसा फिर्ता गरिनन् । पैसा माग्दा अनेक वाहना बनाउँदै अमिषा पन्छिइन् । अन्ततः अजयले उनीबाट चेक लिए । चेक भारु तीन करोड रुपैयाँको थियो । तर, उक्त चेक बाउन्स भयो ।

धोकाको शृंखला

त्यसो अमिषाले पहिलो पटक मात्र यसरी कसैलाई धोका दिएकी होइनन् । उनीमाथि यसअघि एक इभेन्ट कम्पनीले पनि धोखाधडीको आरोप लगाएको थियो । त्यसबेला उनले धेरै पारिश्रमिक लिएर पनि पछि कार्यक्रममा गएकी थिइनन् । उक्त पैसा उनले फिर्ता पनि गरिनन् ।

पर्दा पछाडिको कुरुप छवी

फिल्म ‘कहा् ना प्यार है’ बाट रातारात हिट भएकी अमिषाको पर्दामा बेग्लै चमकदमक छ । यद्यपी असली जीवनमा उनी एक धोकेवाज भएको बताइन्छ । उनले थुप्रैलाई मुर्गा बनाएर पैसा कुम्ल्याएकी छिन् ।

त्यसो त जब कुनै सेलिब्रेटीको चमक पर्दाबाट हराउँदै जान्छ तब उनीहरु कुनै शोरुम उद्घाटन गर्न रिबन काट्न पुग्छन् । हिजो त्यस्तो नेम र फेम बनाएकी अमिषाको अवस्था पनि अहिले यस्तै छ । उनी गुमनाम जस्तै छिन् । तर, बेलाबखत चाहि उनको चर्चा हुन्छ, यस्तै हर्कतको कारण ।

यसपाली भने अमिषालाई उम्कन सहज छैन, चेक बाउन्सको कुराले । यस्तै आरोपमा हास्य अभिनेता राजपाल यादवले पनि जेल बस्नु परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment