Comments Add Comment

भीरबाट लडेर पूर्वी नवलपरासीमा १ जनाको मृत्यु

१९ चैत, नवलपरासी । पूर्वीनवलपरासीको बुलिङ्गटार गाउँपालिका–६ मा भीरबाट लडेर १ जनाको ज्यान गएको छ ।

भीरमा रहेको बाँस काट्ने क्रममा लडेर बालकृष्ण श्रेष्ठको निधन भएको हो । लडेर गम्भीर घाइते श्रेष्ठलाई सोमबार साँझ उपचारका लागि भरतपुर लैजाँदै गर्दा बाटैमा निधन भएको जिल्ला प्रहरी कार्यालय, नवलपुरले जनाएको छ ।

श्रेष्ठको शव पोष्टमार्टमका लागि चितवन मेडिकल कलेजमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment