Comments Add Comment

साथीकहाँ जागिर ? अहँ, यस्तो गल्ती कहिल्यै नगर्नुस्

Nokari

जेसन राफटिस फ्लोरियामा एक कार डिलरसिपमा सेल्स म्याजेनर थिए । उनले आफ्नो विभागमा एक पुरानो साथीलाई जागिर दिने निर्णय गरे ।

तर, उनलाई छिटै आफ्नो गल्ती महसुस भयो । उनका साथी अन्य कर्मचारीको उपस्थितिमै कलेज दिनका कुराकानी गर्थे । तर, यो त केवल सुरुवात मात्र थियो ।

राफटिस भन्छन्, ‘यो मेरा लागि एक नराम्रो सपनाजस्तै थियो । साथी भएकै कारण उनी आफूखुसी काममा आउन थाले । उनले यति धेरै छुट्टी लिए कि, त्यति अन्य कर्मचारीले कहिल्यै लिएका थिएनन् ।’
अन्तिममा राफटिसले आफ्नो साथीलाई हटाउने निर्णय गरे । र, उनी सल्लाह दिन्छन्, ‘नचिनेका मानिसलाई मौका दिनुस् । उनीहरूलाई सम्हाल्न सजिलो हुन्छ र जागिरबाट निकाल्न पनि ।’

चाहे तपाईं बोसको रूपमा होस् वा चाहे कर्मचारीको रूपमा, दुवै भूमिकामा काम र मित्रतालाई एकापसमा जोड्दा घाटा लाग्ने सम्भावना हुन्छ ।

चाहे आफ्नो साथीलाई जागिर दिने निर्णय होस् वा साथी कहाँ काम गर्ने निर्णय । तपाईंले हरेक सम्भावनाबारे सोच्नुपर्छ ।

जागिर दिने एक गलत निर्णयले तपाईंको प्रतिष्ठामै असर गर्न र प्रश्न उठाउन सक्छ । मित्रता त टुट्छ नै, पर्सनालिटीमा परिवर्तन आउँछ र हरेक परिवर्तन राम्रोका लागि नै हुन्छ भन्ने पनि छैन ।

डालसस्थित लिडरसिप कसल्टेन्सी द पर्फेक्ट फिटका संस्थापक न्यान्सी किन इमेलमार्फत भन्छन्, ‘जब तपाईंको साथी निकै प्रतिस्पर्धी हुन्छ वा तपाईंले भन्दा राम्रो काम गर्न चाहन्छ, समस्या भइहाल्छ । यद्यपि सबै त्यो अवस्थासम्म पुग्दैनन् ।’

उनका अनुसार साथीलाई मद्दत गर्न चाहँदा तपाईं आफैं अप्ठेयारोमा पर्न सक्नुहुन्छ । यदि तपाईं आफ्नो साथीलाई सहयोग गर्न र मित्रता पनि कायम राख्न चाहनुहुन्छ भने उनको रिफरेन्स आफ्नो कार्यालयको एचआर विभागमा पठाउनुस् । यदि तपाईंको साथी अन्तर्वार्तामा आएनन् वा पास भएनन् भने छनोट हुनेछैन । तर, इपाईंले आफ्नो साथीलाई सहयोग त गर्नुभएको हुन्छ । नियुक्त गर्नु हुन्न । र, साथी पनि रिसाउनेछैन । यदि तपाईंको साथीले जागिर सुरु गरे र पछि राम्रो काम गरेनन् भने यसमा तपाईर्ंको कुनै दोष पनि हुन्न ।

यद्यपि साथीहरूलाई जागिर लगाइदिनु सधैँ गल्ती पनि हुुँदैन । यदि तपाईं पहिले पनि सहकर्मी रहेको र पछि अलग-अलग कम्पनीमा काम गरेको अवस्था हो भने फेरि एकै ठाउँमा काम गर्न सकिन्छ ।

यसमा फाइदा र घाटा दुवै हुन सक्छ । यदि कुनै साथीले तपाईंलाई नियुक्त गर्छ भने तपाईंले यो अवसरलाई तटस्थ भावले हेर्नुस् । तपाईंको साथी त्यहाँ काम गर्छ भन्ने बिर्सनुस् र राम्रो जागिर छ कि छैन हेर्नुस् । उदाहरणका लागि तपाईंको तलब कति हुनेछ ? के-के सुविधा दिइनेछ ? पदोन्नतिको अवसरका साथै जागिर कति चुनौतीपूर्ण छ ? साथै यो पनि ख्याल गर्नुस् कि तपाईं आफ्नो साथीलाई कति चिन्नुहुन्छ ? तपाईंको काममा साथीले कति विश्वास गर्छ ? यदि सँगै काम गर्न पाइएन भने के हुन्छ ?

बेलायतको बर्मिंघमस्थित वर्क लाइफ ब्यालेन्स कोच अनिता फिकरडेन भन्छिन्, ‘यदि तपाईं आफ्नो साथीसँग काम गर्न चाहनुहुन्छ भने यी प्रश्न आफूले आफैंलाई सोध्नुपर्छ ।’

बीबीसी हिन्दीबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment