Comments Add Comment

युएईमा प्रमोद खरेलको “हंगामा”

uae ma pramodkharel ko dhamaka (5)मोहन बस्याल
युएई । युवा पुस्ताका चर्चित गायक प्रमोद खरेलले युएईको दुवईमा “हंगामा” मच्चाएका छन् ।  भ्यालेन्टाईन डेको अवसरमा क्रियटिभ युथ नेपाल र ग्रिष्मा ईन्टरटेन्मेन्टले आयोजना गरेको भ्यालेन्टाईन नाईट १६ मा  प्रमोदले आफ्नो लोकप्रिय गीत “हंगामा भो कसम हंगामा भो” प्रस्तुत गर्दै दर्शक नचाएका हुन् ।

“सायद मेरो आँखामा आँसु सुहाउछ” बोलको सेन्टिमेन्टल गीत गाएर आफ्नो गायनको क्रम शुरु गरेका प्रमोदले स्टेजमा रहँदाआधा दर्जन गीत गाए । उद्घोषक नरेश भटटराईले नाम उच्चारण गर्ने बित्तिकै नाँच्नका लागि खाली ठाउँ खोजेर उभिएका दर्शकको चाहना बुझेर प्रमोदले म विना कसै कसैलाई , झुमा ए झुमा  लगायतका आफ्ना फाष्ट बिटका चर्चित गीतहरु प्रस्तुत गरे ।

उनी स्टेजमा उभिदा सम्म दर्शकहरु कुर्सिमा फर्किएनन् । दर्शकको ब्यापक हुटिगंपछि प्रमोदले ‘म विना कसै कसैलाई’ दोस्रो पटक गाउनु पर्यो ।

uae ma pramodkharel ko dhamaka (6)दर्शकले आफ्नो प्रस्तुती चल्दा सम्म साथ दिएपछि उत्साही बनेका प्रमोदले यस अघि पाँच पटक सम्म आफुलाई दुवईको कार्यक्रममा आउनका लागि निम्ता मिलेपनि अन्यत्र कार्यक्रम जुध्ने गरेको लगायतका कारणले आउन नपाएकोमा आफुलाई पछुतो लागेको बताए ।

मुन्द्रेले भुकम्पको पिडा सुनाउदा दर्शकले हाँसो थाम्न सकेनन्
झण्डै दश बर्षपछि युएईमा कार्यक्रम देखाउन आएका जितु नेपाल मुन्द्रेले  आफ्नो स्ट्यान्ड अप कमेडिमा भुकम्पको पिडादेखि शुशिल कोईरालाको निधन सम्मका बिषय बस्तु समेटे ।

भूकम्पका बेला भारतीय मिडियाले देखाएको रवैया प्रति कडा ब्यंग्य गदै भारतले सहयोग धेरै दिन्छ भनेर भारतीय मिडियाको अगाडी भूकम्प पीडित अझ पीडित बनेर प्रस्तुत भएको टिप्पणी समेत गरे । उनले भूकम्पअघि र भूकम्पपछि विवाह, हनिमुन लगायतका कुरामा आएको परिवर्तनका बिषयमा आफ्नो प्रस्तुती राख्दा दर्शकले हाँसो थाम्न सकेनन् ।

उनले नेपाली गीत संगीतमा आएको परिवर्तन, विभिन्न क्षेत्रमा गाईने गितको शैलि समावेश गरी दर्शकलाई मज्जाले हँसाए । सुशिल कोईरालाको निधनपछि रामचन्द्र पौडेल र शेरबहादुर देउवालाई नेपाली कांग्रेशको अबको नेतृत्वका बारे  पत्रकारले प्रश्न गर्दा आउने उत्तरको क्यारिकेचर गर्दा पाँच सय भन्दा बढि दर्शकले  खचाखच भएको हलमा हाँसोको फोहरा छुटेको थियो ।

कार्यक्रममा स्पेशल गेष्टको रुपमा आएकी नायिका प्रियंका कार्कीले  सुर्के थैली खै लगायतको गीतमा नृत्य प्रस्तुत गरिन । गायिका आस्था विले मलाई छुदैन छुदैन लगायतका गीत गाइन् भने नृत्यंगना आस्मा पाण्डेले म प्यार बेचि दिन्छु बोलको गितमा नृत्य प्रस्तुत गरिन ।

uae ma pramodkharel ko dhamaka (2)नायिकाले गीत गाइन्  गायकले क्यारिकेचर गरे

रमाईलो वातावरणमा अघि बढि रहेको कार्यक्रममा प्रमोदले गीत गाउने क्रमकै बीचमा केही गायकका क्यारिकेचर गरे । उनले उदितनारायण झा, रामकृष्ण ढकालले गीत गाउदा गर्ने शैली मिलाएर गीत गाएर सुनाए । कार्यक्रममा प्रियंका कार्कीले आफ्नो दोस्रो प्रतिभा पनि देखाईन ।

उनले भ्यालेन्टाईन डेकै अवसरमा  आफ्नो नयाँ गीत सार्बजनिक हुन थालेको जानकारी दिदै चलचित्र चिनोको माया त माया हो बोलको गीत पहिलो अंश गाएर सुनाईन ।

नरेशलाई प्रियंकाको लभ यु टु

नायिक प्रियंका कार्की नाँचेर स्टेजको पछाडी जाँदै थिईन नरेशले हात समातेर फेरी स्टेजमा ल्याए । नरेशले केही बेर पि्रयंकाको प्रतिभाको प्रसंसा गरे । भ्यालेन्टाईन डे सम्झाउदै आई लभ यु भने । शुरुमा अक्कन बक्क देखिएकी पि्रयंकाले नरेशले दिएको गुलाफ लिँदै आई लभ यु टु भन्दा हल तालिको गडगडाहट र सिटीले गुञ्जयमान भयो । उनीहरुले सबैले सबैलाई प्रेम गर्नु पर्ने बताए ।

सहयोगी सबैलाई सम्मान
कार्यक्रम सम्पन्न सहयोग गरेको भन्दै आयोजक संस्थाले एक दर्जन संघ संस्थाका प्रमुख तथा प्रतिनिधिलाई स्टेजमा बेलाएर सम्मान गर्यो । कार्यक्रममा एन आर एन ए युएईका अध्यक्ष सुदिप कार्की, प्रवासी नेपाली मञ्च युएईका अध्यक्ष श्याम कंडेलले सम्मानपत्र हस्तान्तरण गर्नुका साथै सम्मानित ब्यक्तिलाई खादा ओडाएका थिए ।

कार्यक्रमको संयोजन गरेका मदन अधिकारी र समिम मियाले दर्शकको उल्लेख्य सहभागिताले आफुहरुलाई अरु राम्रा कार्यक्रम प्रस्तुत गर्न हौसला मिलेको बताए ।

uae ma pramodkharel ko dhamaka (4) uae ma pramodkharel ko dhamaka (3) uae ma pramodkharel ko dhamaka (2) uae ma pramodkharel ko dhamaka (1)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment