Comments Add Comment

पूरा भयो भण्डारीको सपना

ramu bhandari_albumदुबई । गरिबीको चपेटामा परेका गुल्मीका रामु भण्डारीले न त धेरै पढ्न सके, न त आफ्नै देशमा केही उद्यम गर्न सके । पारिवारिक जिम्मेबारीको बोझले थलिन थालेपछि भारतबाट आफ्नो वैदेशिक रोजगारीको यात्रा सुरु गरेका भण्डारी १६ महिनाअघिमात्र यूएई आएका हुन् ।

दाम कमाउने धोको बोकी गुल्मीबाट यूएई आएका रामु भण्डारी छोटो समयमा गायकका रुपमा परिचित हुँदै छन् । उनले पछिल्लो समय चर्चित गायिका मुना थापा मगरका साथमा एक गीत रेकर्ड गराएका छन् ।

नेपाली लोकसंगीतको क्षेत्रमा रोज्यौ धनी, गर्यौ तिम्ले घात…बोलको गीत भण्डारीले मुना थापा मगरसँग गाएका हुन् । उक्त गीतको म्युजिक भिडियो पनि यही निर्माण गरेका छन् । यूएईको राजधानी अबुधाबीको रमणीय स्थानहरुमा छायांकन गरिएको उक्त भिडियोमा भण्डारी स्वयमले अभिनय गरेका छन् ।

वियोगको पीडा, मायामा पाएको घात र प्रतिधातका दोहोरो अभिव्यक्तिसहितको उक्त गीतको लेखन, लय संकलन, स्वरांकन र छायांकन यूएईबाटै भएको हो ।

यही रोजगारी गरिरहेका सुन्दर खनालले शब्द संकलन गरेका हुन् भने धेरै लोकगीतहरुमा लय भरिरहेका यूएईको लोकसंगीतमा धेरै गायकगायिकाहरुको पे्ररणाका श्रोत गायक होमनाथ कुँवरले भण्डारीको उक्त गीतमा लय भरेका हुन् ।

शुभाम्भ डिजिटल म्युजिक प्रालिबाट बजारमा आएको उक्त गीतमा रामप्रसाद ढकाल, उमेश कुँवर, अर्जुन भण्डारी, नरेश सापकोटा, यामबाबु भटराई र शम्भु कुँवरले विभिन्न विधामा सहयोग गरेको गायक भण्डारीले बताएका छन् ।

वर्षौ साधना गरेका सयौं कलाकारहरु क्षमता भएर पनि यूएईको नेपाली समुदायमा गुमनाम टाक्सिएर बाँच्न विवश छन् । तर, भण्डारीले कसरी छोटो अबधिमा कसरी गायकका रुपमा उदाउन सके त ? यो सवालको जवाफमा भण्डारीले इच्छाशक्ति र साथीभाइको संगतका कारण छोटो अबधिमा नेपाली स्रोताहरुमाझ आउन सफल भएको प्रतिक्रिया दिएका छन् ।

शुक्रबारे बिदाहरुमा विभिन्न संघसंस्थाहरुले नियमित गर्ने कार्यक्रमहरुमा गीतसंगीत र नृत्यहरुले स्थान पाएको देख्दा भण्डारीले पनि आफ्नो बाल्यकालदेखिको गायक बन्ने सपना देख्ोका रहेछन् । जहाँ इच्छा, त्यहाँ उपाय भनेझै उनले पनि यूएईमै कार्यरत होमनाथ कुँबर, चुमन काउछा मगर, सुन्दर खनाल, जिसी अमर, मिरा थापाको संगत र सहकार्यले गर्दा उनले आफ्नो सपना पूरा भएको बताए ।

रोजगारीका लागि विदेसिए पनि लोकसंगीततर्फको यात्रामा पाइला चाल्दै गरेका भण्डारी आफै गीत रचना पनि गर्छन् । कामबाट फुर्सद हुने बित्तिकै साधना गर्छन् ।

सामाजिक सञ्जालहरुमा निर्माण भएका विभिन्न दोहोरी समूहहरुमा नियमित गीत गाइरहेका भण्डारी ‘हाम्रो रमाइलो रोधीघर’का एडमिन पनि हुन् । नयाँनयाँ प्रतिभाको खोजी गरी गीत गाउन पे्ररणा दिइरहने भण्डारीले चाँडै अरु नयाँ गीतहरु लिएर आउने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment