Comments Add Comment

क्याडेनियन नागरिकलाई २ दिनभित्र नेपाल छाड्न गृह मन्त्रालयकाे अादेश

२१ वैशाख, काठमाडौं । सामाजिक संजालबाट नेपालमा समाजिक सदभाव बिगार्ने गतिविधि गरेको आरोपमा पक्राउ परेका क्यानेडियन नागरिक रोबोट पेनरलाई गृह मन्त्रालयले नेपाल छाडन २ दिनको अल्टिमेटम दिएको छ ।

Robert-panner-Twitगृहमन्त्रालयका प्रवक्ता यादव प्रसाद कोइरालाका अनुसार रोबोटलाई नेपाल छाडन दुई दिनको समय दिइएको छ । यदि दुई दिन भित्र नेपाल नछाडे अध्यागमन ऐन अनुसार थुनामा राखेर कार्वाही गरिनेछ ।

नेपालमा बस्ने सामाजिक संजालबाट तराइ मधेशका नागिरकलाई उचाल्ने, नेताहरुलाई गाली गर्ने जस्ता गतिविधि गरेपछि उनलाई तत्काल नेपाल छाड्न निर्देशन दिएको कोइरालाको भनाइ छ ।

उनले भने -‘रोबोटलाई एक दिन पनि नेपाल राख्न सकिने अवस्था छैन तर टिकटको व्यवस्था गर्न दुई दिनको समय दिइएको हो । त्यति गर्दा पनि नगए थुनामा राखेर कार्वाही हुन्छ ।’

रोबोट आफैंले यस्तो गतिविधि गरेको हो कि उनलाई परिचालन गर्ने अरु कोही छ भन्ने तर्फ पनि प्रहरीले अनुसन्धान गरिरहेको प्रवक्ता कोइरालाले बताए ।

यता रोवर्टले समाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै आफुलाई २६ घण्टा हिरासतमा राखेर छाडिएको बताएका छन् । साथै उनले आफ्नो ‘वर्किङ भिषा’ रद्ध गरिएको र २ दिनभित्र नेपाल छाड्न भनिएको बताउँदै लेखेका छन्- ‘थ्याङ्कस टू अल सपोर्टर्स’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment