Comments Add Comment

गुल्मी समाज अष्ट्रेलियाले अग्नीपीडितलाई दश लाख सहयोग गर्ने

aaglagi2
अष्ट्रेलिया। गुल्मीको वडागाउँ र माज गाउँ  डंढेलोको चपेटामा परेको समाचार आउँदै गर्दा अष्ट्रेलियामा रहेको  गुल्मेलीहरुले सहयोगको घोषणा गरिसकेका थिए । हुन त नेपालमा घटना घट्दा होस वा आपत बिपत पर्दा होस प्रवासी नेपाली एकैपटक जुरुक्कै उठ्ने गर्छन्  ।

जन्मभुमीको त्यस्तो पीडादायक घट्ना र खुला आकाश मुनीको बासमा बसेका गुल्मेली दाजुभाइको पीडामा मलम लगाउन तयार भए अष्ट्रेलियाका गुल्मीबासी । गुल्मी समाज अस्ट्रेलियाले तुरुन्तै मसाजिक सन्जालवाट सहयोगको हात फैलायो ।’गुल्मेली लगायत सबै नेपालीहरु आगोले पोलेको घाउमा मल्हम लगाउन तयार भए र दुइ दिनमै करिब दश लाख उठ्यो’, समाजका अध्यक्ष भीम खरेलले  भने ।  एक जनाको मृत्यु र करिब ७२ घर ध्वस्त हुनेगरी लागेको त्यो आगोले अष्ट्रेलियामा बस्ने नेपालीको मन रोएको खरेलले बताए ।

‘हामीले सहयोग बापत उठेको दश लाख रुपैयाँ आगोले जलेर नष्ट भएका ७२ घरधुरी अग्नीपीडितलाई दुइ दुइ बन्डल जस्तापाताका दरले बाड्ने निर्णय गरेका छौं त्यो यसै हप्ता पुरा हुने छ’, उनले भने ।

पैसा दिनुभन्दा पनि घर नभएकालाई यसो टेको लगाएर भएपनि घाम पानी छेक्ने जस्तापाता दिदा कल्याण हुन्छ भन्ने सोचेर यस्तो निर्णय गरेको खरेलले सुनाए । ‘देश दुख्दा जुटने साथ र सहयोगी हातहरुको खाँचो छैन हाम्रो समाजमा’, उनले भने , ‘यही नै हो नेपाल र नेपालीको बिशेषता ।’
समाजका सचिब श्याम केसीले अष्ट्रेलियामा रहेका गुल्मेली र नेपाली दाजुभाइले गरेको सहयोग सराहनीय रहेको बताए । केसीले मुलुकमा आइपर्ने बिपत्तीमा सहयोग गर्ने सबैलाई समाजकोतर्फवाट मनैदेखि धन्यबाद समेत दिए । यतिबेला अष्टेलियामा रहेकी गायिका मन्जु पौडेलले सहयोगको लागि सामाजिक सन्जाल मार्फत सहयोगको लागि आवाज उठाएकी थिईन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment