Comments Add Comment

आमालाई सम्झिँदै मातातीर्थमा (फोटो फिचर)

Mata Tirtha  (7)२४ वैशाख, काठमाडौं । आज माता तिर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन, आफूलाई जन्म दिने ममतामयी आमाको सम्झना र सम्मान गरी मनाइँदैछ ।

जीवित वा दिवंगत दुवै आमाको तृप्तिका लागि आजको दिनलाई पुण्य पर्व मानिन्छ ।

आमा हुनेहरूले आजका दिन मीठा मीठा परिकार खुवाउने र बस्त्र लगायतका उपहार दिइ आशिर्वाद लिने गर्दछन् । दिवंगत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना पनि गरिन्छ ।

Mata Tirtha (21)

वैशाख कृष्ण औंसी अर्थात् माता तिर्थ औंसीको दिन मातृश्राद्ध गरे पुण्य प्राप्त भई आमाले तृप्ति पाउने शास्त्रमा उल्लेख छ । शास्त्रमा बाबुभन्दा आमा दश गुणा बढी मान्य हुन्छिन् भनी व्याख्या गरिएको छ ।

माता तिर्थ औंसीको दिन काठमाडौंको पश्चिमी भेगमा रहेको मातातीर्थमा मेला लागेको छ । मातातिर्थमा रहेको कुण्डमा नुहाउने र आमाको सम्झनामा श्राद्ध गर्ने भक्तजनको घुइँचो लागेको छ ।

Mata Tirtha (9)

Mata Tirtha (20) Mata Tirtha (13) Mata Tirtha (12) Mata Tirtha (10) Mata Tirtha (15)  Mata Tirtha (6) Mata Tirtha (8) Mata Tirtha (5) Mata Tirtha (3) Mata Tirtha (2) Mata Tirtha (1) Mata Tirtha (14) Mata Tirtha (4)

तस्वीर: विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment