Comments Add Comment

अजिन्क्या रहाणेलाई टेष्ट उपकप्तानको जिम्मेवारी

ajinkya-rahane-with-virat

१० जेठ, काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बार्ड बीसीसीआईले अजिन्क्या रहाणेलाई टेष्ट टिमको उपकप्तानको जिम्मेवारी दिएको छ ।

कप्तान विराट कोहली छन् । जुलाई अगष्टमा हुनेचार म्याचको सिरिजका लागि छनोट भएको टिममा तीव गतिका बलर शार्दुल ठाकुर नयाँ अनुहार छन् । वरुण एरोन टिममा अटाएनन् ।

यस्तै बीसीसीआईले जिम्बावेमा वनडे र टी-२० सिरिजका लागि महेन्द्र सिंह धोनीको नेतृत्वमा टिम घोषणा गरेको छ ।

विराट कोहली, रोहित शर्मा र शिखर धवनलाई आराम दिइएको छ । भारतले जिम्बावेसँग तीन वनडे र तीन टी-२० सिरिज खेल्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment