Comments Add Comment

सरकारले वितरणमुखी बजेट ल्याउँदैछः महत

१२ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले सरकारले कार्यकर्तालाई रकम बाँड्ने गरी वितरणमुखी बजेट ल्याउन लागेको दाबी गरेका छन् ।

prakash-sharan-mahatरिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा कांग्रेस नेता महतले भने, ‘प्रधानमन्त्रीले बोले जस्तो बोल्ने बजेट आउँछ । धेरै सपनाहरु बाँडिन्छ । बजेटबाट धेरै आशा छैन ।’  उनले अघि भने, यसले कार्यकर्ताको तत्कालिन महत्वकांक्षा त पुरा गर्ला तर, दिर्घकालीन रुपमा मुलुकलाई फाइदा गर्दैन ।’

पुराना औद्योगिक क्षेत्रहरु धारासायी बनेर बन्द रहेको अवस्थामा कार्यकर्तालाई जागिर दिन नयाँ नयाँ औद्योगिक क्षेत्रको घोषणा गरेर नियुक्ति दिन थालिएको उनको आरोप छ । उनले भने, ‘कार्यकर्तालाई बाड्न स्वरोजगार कार्यक्रम ल्याउँछ । मुल्यवृद्धि रोक्ने योजना आउँदैन ।’

कांग्रेस नेता महतले बजेट फाष्ट ट्रयाक र जलविद्युतमा लगानी गर्नुपर्ने, उत्पादनमुखी र पुँजीगत खर्चमा केन्द्रीत होस् भन्ने आफूहरुको चाहना रहेको बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले मुलुकको अर्थतन्त्र कमजोर भएको बेला ठूलो बजेट ल्याउन नहुने बताए । बजेट चुनावी घोषणापत्र जस्तो हुन नहुने उनले जोड थियो ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दिनेशचन्द्र देवकोटाले बजेटको कार्यन्वयन नै मुख्य समस्या भएको भन्दै संविधानको कार्यान्वयन, दिगो विकासका साथ मेघा प्रोजेक्टहरुलाई बजेटले सुरुवात गर्नु पर्ने बताए ।

राष्ट्र बैंकका पूर्व गर्भनर डा. तिलक रावलले खर्च गर्न सक्ने सरकारी संरचनाको क्षमता बढाउनु पर्ने भन्दै कार्यान्वयन गर्न नसक्ने सपना देखाउन नहुने सुझाव दिए ।

उद्योगी दिवाकर गोल्छाले विदेशी लगानीको लागि झण्झट रहित एकद्धार प्रणालीको स्थापना गर्नु पर्ने सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment