Comments Add Comment

यो बजेटले वित्तीय अराजकता ल्याउँछः डा. महत

Ramsaran-mahat-with-bishnu-paudel

१५ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले यो सरकारले ल्याएको बजेट उपभोगमुखी रहेको आरोप लगाएका छन् । सुन्दा कर्णप्रिय लागे पनि बजेटले वित्तीय अराजकता ल्याउने उनको टिप्पणी छ ।

‘बिना तयारी बिना अध्ययन धेरै कार्यक्रमहरु घोषणा गरिएका छन्, कुनै कार्यक्रम १०-१५ वर्ष लाग्ने खालका पनि छन्,’ डा. महतले भने, ‘यी केही पनि कार्यान्वयन हुँदैनन् ।’

उनले उपभोग र वितरण छुट्याइएको बजेट खर्च हुने तर विकासको बजेट खर्च नहुने दावी गर्दै यसले देशमा वित्तीय अराजकता सिर्जना गर्ने दोहोर्‍याए ।

अर्को सरकारलाई समस्या पर्छः आचार्य

कांग्रेसका अर्का नेता तथा पूर्व अर्थमन्त्री बजेटको सत्तारुढ दलले वितरण र अनुदानमुखी बनाएको आरोप लगाए ।

‘यति ठूलो आकारको वितरणमुखी बजेट हुँदा मूल्यवृद्धिमा चाप पर्छ । बजेटमा करिब ३ खर्ब बैदेशिक सहायता तथा ऋण लक्ष्य राखेको छ । जबकि आगामी आर्थिक वर्षका लागि डेढ खर्ब मात्रै वैदेशिक ऋण तथा सहायता परिचालन गर्न सकिन्थ्यो ।’ उनले भने ।

यो बजेट आफुले कार्यान्वयन गर्न नपर्ने भएकाले सरकारले घोषणाका लागि घोषणा गरेको उनले बताए । ‘अर्को सरकार आएपछि यो बजेटले समस्या पर्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment