२८ जेठ, काठमाडौं । सर्वाधिक १५ पटकको च्याम्पियन उरुग्वे कोपा अमेरिका कप फुटबलको समूह चरणबाटै लगभग बाहिरिएको छ ।
शुक्रबार विहान भएको खेलमा उरुग्वे भेनेजुएलासाग १-० गोल अन्तरले पराजित भएको छ । अहिले भइरहेको खेलमा मेक्सिकोले जमैकालाई हराए वा बराबरीमा रोके उरुग्वे औपचारिक रुपमै बाहिरिनेछ ।
लुइस स्वरेज विनाको उरुग्वे पहिलो खेलमा मेक्सिकोसाग ३-१ ले पराजित भएको थियो । अब उसले समूह चरणको अन्तिम खेलमा जमैकासाग खेल्नेछ ।
उरुग्वेले पछिल्लो पटक २०११ मा उपाधि जितेको थियो । गत सिजन भने क्वार्टरफाइनलबाट बाहिरिएको थियो ।
अहिलेसम्म उपाधि जित्न नसकेको भेनेजुएलाले १५ पटकको च्याम्पियनविरुद्ध ३६ औं मिनेटमा अग्रता लिएको थियो । उसका लागि सालोमान रोन्डनले गोल गरे ।
प्रतिक्रिया 4