+
नवौं एनभीए भलिबल च्याम्पियनसिप :

रोमाञ्‍चक सेमिफाइनलमा रुकुम पश्चिमलाई हराउँदै आर्मी फाइनलमा

२०८२ पुष  १८ गते १९:१५ २०८२ पुष १८ गते १९:१५
रोमाञ्‍चक सेमिफाइनलमा रुकुम पश्चिमलाई हराउँदै आर्मी फाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन आर्मी क्लबले नवौं एनभीए भलिबल च्याम्पियनसिप २०८२ को पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ।
  • सेमिफाइनलमा आर्मीले रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई ३-२ को सेटमा हराएको हो।
  • आर्मीले फाइनलमा हेल्प नेपाल स्पोर्ट्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ र खेल शनिबार हुनेछ।

१८ पुस, काठमाडौं । त्रिभुवन आर्मी क्लब नवौं एनभीए भलिबल च्याम्पियनसिप २०८२ को पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार साँझ सम्पन्न प्रतिस्पर्धात्मक सेमिफाइनलमा रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई ३-२ को सेटमा हराउँदै आर्मी फाइनलमा पुगेको हो

पहिलो सेट जितेर लगातार दुई सेट गुमाएको आर्मीले त्यसपछि लगातार दुई सेट जितेको हो । आर्मी २५-२०, २३-२५, १५-२५, २६-२४ र १५-१२ ले विजयी भयो ।

दोस्रो र तेस्रो सेटमा शानदार प्रदर्शन गरेपनि रुकुम पश्चिमले चौथो सेटमा नजिक पुगेर हार बेहोरेको थियो ।

आर्मीले अब उपाधिका लागि हेल्प नेपाल स्पोर्ट्स क्लबसँग खेल्नेछ । फाइनल खेल शनिबार हुनेछ ।

एनभीए भलिबल च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय