News Summary
Generated by OK AI. Editorially reviewed.- बद्री कुन्ता मेमोरियल यू-१६ कैलाली जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगीतामा युथ अफ टिकापुरले न्यू युवा सुन्दर शक्ती क्लबलाई ५–२ गोल अन्तरले पराजित गरेको छ।
- युथ अफ टिकापुरका कैलाश सुनारले पहिलो हाफको ३१औं र ३३औं र दोस्रो हाफको ५४औं र ५५औं मिनेटमा गरी ४ गोल गर्दै ह्याट्रिक पूरा गरेका छन्।
- प्रतियोगीताको दोस्रो खेलमा भजनी युवा क्लब र संघर्ष युवा क्लब गोदावरी खेल्नेछन् भने फारवेस्ट पशुपति युवा क्लबले बर्दगोरिया स्पोटर्स एण्ड इभेण्टससँग प्रतिस्पर्धा गर्नेछ।
१८ पुस, काठमाडौं । बद्री कुन्ता मेमोरियल यू-१६ कैलाली जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगीतामा युथ अफ टिकापुरले शानदार सुरुवात गरेको छ । धनगढी रंगशालामा शुक्रबार सम्पन्न उद्घाटन खेलमा टिकापुरले कैलारी गाउँपालिकाको न्यू युवा सुन्दर शक्ती क्लबलाई ५–२ गोल अन्तरले पराजित गरेको हो ।
युथ अफ टिकापुरको जितमा कैलाश सुनार नायक बने । प्रतियोगीताको पहिलो ह्याट्रिक पूरा गर्ने क्रममा कैलाश एक्लैले ४ गोल प्रहार गरे । कैलाश खेलको म्यान अफ दी म्याच पनि चुनिए ।
उनले पहिलो हाफको ३१औं र ३३औं मिनेटमा गरी दुई गोल गरे भने दोस्रो हाफको ५४औं र ५५औं मिनेटमा थप दुई गोल गर्दै व्यक्तिगत ४ गोल पूरा गरेका हुन । यस्तै टिकापुरकै लागि रोमन चौधरीले खेलको ७२ औं थप १ गोल गरे ।
न्यू युवा सुन्दर शक्ती क्लबका लागि आदर्श चौधरीले २ गोल गरेपनि जितका लागि पर्याप्त भएन । उनले पहिलो हाफको २५औं मिनेटमै पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए तर त्यो अग्रता धेरैबेर टिक्न सकेन । युथ अफ टिकापुरका कैलाश सुनारले खेलको ३१ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा फर्काए, लगत्तै कैलाशले ३३ औं मिनेटमा पुनः गोल गर्दै टिकापुरलाई २–१ को अग्रतामा पुर्याए ।
दोस्रो हाफको ४८औं मिनेटमा न्यू युवा सुन्दर शक्ति क्लबका लागि आदर्श चौधरीले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई पुनः बराबारीमा तुल्याए । त्यसपछि भने न्यू युवा सुन्दर शक्ती क्लबले गोल गर्न सकेन । खेलको ५४औं मिनेटमा तेस्रो गोल गर्दै युथ अफ टिकापुरका कैलाश सुनारले ह्याट्रिक पूरा गरे । थप एक गोल उनले एक मिनेट भित्रै अर्थात ५५औं मिनेटमा गरे ।
प्रतियोगीताको दोस्रो खेलमा शनिबार भजनी युवा क्लब र संघर्ष युवा क्लब गोदावरी खेल्दैछन् । भोलि नै बर्दगोरिया स्पोटर्स एण्ड इभेण्टसका विरुद्ध फारवेस्ट पशुपति युवा क्लबले प्रतिस्पर्धा गर्दैछ ।
प्रतिक्रिया 4