News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली टेनिस खेलाडी शिभाली गुरुङले जनवरी २८ देखि ३० अस्ट्रेलियाको मेलबर्नमा हुने एसिया-प्यासिफिक एलिट यू–१४ ट्रफी खेल्ने भएकी छिन्।
- नेपाल टेनिस संघका सचिव अजय विष्टले शिभालीको तयारीका लागि मलेसिया पठाउने र त्यहाँबाट अस्ट्रेलिया जाने कार्यक्रम रहेको बताए।
- युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले शिभालीलाई त्रिपुरेश्वरस्थित राखेपमा बिदाइ गरेका थिए।
१८ पुस, काठमाडौं । नेपाली टेनिस खेलाडी शिभाली गुरुङले एसिया-प्यासिफिक एलिट यू–१४ ट्रफी खेल्ने भएकी छिन् । प्रतियोगिता जनवरी २८ देखि ३० तारिखसम्म अस्ट्रेलियाको मेलबर्नमा हुनेछ ।
एसियामा यू–१४ उमेरसमूहमा चौथो वरीयतामा रहेकी शिभाली प्रतियोगिताको तयारीका लागि अस्ट्रेलियाअघि आइतबार मलेसिया जाने नेपाल टेनिस संघका सचिव अजय विष्टले जनाएका छन् । मलेसियाबाटै शिभाली अस्ट्रेलिया जाने कार्यक्रम रहेको छ ।
शिभालीलाई युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहताले शुक्रबार त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रमबीच बिदाइ गरे ।
सो अवसरमा राखेप कार्यकारी समितिका सदस्य भानबहादुर चन्द, राखेपका सदस्य हिमालकुमार श्रेष्ठ र जगतसिंह धामी, टेनिस संघका अध्यक्ष मनोहरदास मुललगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया 4