News Summary
Generated by OK AI. Editorially reviewed.- मर्स्याङ्दी फुटबल क्लबले त्रिवेणी कप फुटबलको क्वाटरफाइनलमा आयोजक त्रिवेणी फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ५-३ ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ।
- ९० मिनेटको निर्धारित खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो।
- मर्स्याङ्दीका आरोन थापा, अविनाश स्याङ्गतान, ओलावाले आफिज, अलासे र निगम घिसिङले पेनाल्टीमा गोल गरेका थिए।
१८ पुस, काठमाडौं । मर्स्याङ्दी फुटबल क्लब लमजुङमा जारी त्रिवेणी कप फुटबलको सेमिफाइनलमा पुगेको छ ।
शुक्रबार भएको क्वाटरफाइनलमा आयोजक त्रिवेणी फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ५-३ ले हराउँदै मर्स्याङ्दी सेमिफाइनलमा प्रवेश गरेको हो ।
मर्स्याङ्दीका लागि पेनाल्टीमा आरोन थापा, अविनाश स्याङ्गतान, ओलावाले आफिज, अलासे र निगम घिसिङले गोल गरे ।
त्रिवेणीका युवराज ढकाल, सुशील ठकुरी र प्रताप राईले गोल गर्दा मिलन राईको प्रहार गोल हुन सकेन ।
त्यसअघि निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
प्रतिक्रिया 4