+

यू-१९ महिला टोलीको प्रशिक्षणका लागि ६७ खेलाडी बोलाइए

२०८२ पुष  १८ गते १३:०५ २०८२ पुष १८ गते १३:०५
यू-१९ महिला टोलीको प्रशिक्षणका लागि ६७ खेलाडी बोलाइए

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आउँदो माघमा पोखरामा हुने साफ यू–१९ महिला च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय यू–१९ महिला टोलीको प्रारम्भिक खेलाडी छनोट सूची सार्वजनिक गरिएको छ।
  • मुख्य प्रशिक्षक सुमन श्रेष्ठले ३९ जना खेलाडीलाई प्रारम्भिक चरणको प्रशिक्षणमा बोलाएका छन्।
  • खेलाडीहरूलाई आइतबार दिउँसो १ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा उपस्थित हुन अनुरोध गरिएको छ।

१८ पुस, काठमाडौं । आउँदो माघमा पोखरामा हुने साफ यू–१९ महिला च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय यू–१९ महिला टोलीको प्रारम्भिक खेलाडी छनोट सूची सार्वजनिक गरिएको छ।

मुख्य प्रशिक्षक सुमन श्रेष्ठले ६७ जना खेलाडीलाई प्रारम्भिक चरणको प्रशिक्षणमा बोलाएका हुन् । खेलाडीहरूलाई आइतबार दिउँसो १ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा उपस्थित हुन एन्फाले अनुरोध गरेको छ।

छनोटपछि अन्तिम टोली घोषणा गरिनेछ, जसले पोखरामा हुने प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन्।

सुमन श्रेष्ठ केहि दिनअघि मात्र राष्ट्रिय यू–१९ महिला टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन्।

खेलाडीहरू : अलिजा कुमारी बिक, अलिजा बिक, अमिता राना मगर, एन्जेल स्याङ्बो, अंशु बिक, अनु माझी, अशिका कार्की, अस्मिता मगर, आयुषा गुरुङ, आयुषा रेम्ली, बब्टिका कार्की, बर्षा वली, भूमिका बुढाथोकी, भूमिका केसी, बिनिता चेपाङ तामाङ, बिनु कुँवर, बिपना परियार, डिकी स्याङ्बो तामाङ, दिक्षा रायमाझी, फुलमाया स्याङ्बो, ज्ञान्शु डोल्मा, इशा चौधरी, जेसिका लामा, झरना डुम्राकोटी, जोश्ना श्रेष्ठ, कल्पना जिम्बा, कृपा दाहाल, कृतिशा तामाङ, ममता रुम्बा, मनिषा श्रेष्ठ, मञ्जु माया डोङ, मञ्जु तामाङ, माया मास्के, मिन माया श्रेष्ठ, नन्दिका थापा, निर्मला आचार्य, निर्मला बिष्ट, निसा भट्टराई, परिशा चौधरी, प्रजिता राई, प्रमिशा कार्की, पूजा गिरी, पूर्णिमा घले, पूर्णिमा तादी, पुष्पा थापा मगर, रबिना बराम, रबिना बिके, रस्मिला चौलागाईं, रेजिना लामा, रितिका कार्की, सबनम राई, सहारा लिम्बु, सलोनी कुमारी चौधरी, संगिता अधिकारी, संगिता मल्ल, सरिना रसाइली, सेनु परियार, सिजल राउत, सोनिया राई, सृजना बडुवाल, सुमी हाङ्मा, सुस्मिता केसी, तृप्ती कपाडी, तुलसा बोहरा, उषा गुरुङ, यम कुमारी बीके र यशोदा बोहरा

नेपाली यू-१९ महिला फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय