+

लिभरपुल र लिड्स तथा सिटी र सन्डरल्यान्डले खेले गोलरहित बराबरी

२०८२ पुष  १८ गते ८:१५ २०८२ पुष १८ गते ८:१५
लिभरपुल र लिड्स तथा सिटी र सन्डरल्यान्डले खेले गोलरहित बराबरी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इंग्लिस प्रिमियर लिगमा लिभरपुलले घरेलु मैदानमा लिड्स युनाइटेडसँग गोलरहित बराबरी खेलेको छ।
  • म्यान्चेस्टर सिटीले सन्डरल्यान्डसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ।
  • टोटनहम र ब्रेन्टफोर्ड तथा क्रिस्टल प्यालेस र फुलहमले समानुपातिक बराबरी खेलेका छन्।

१८ पुस, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएका खेलहरूमा शीर्ष चारका दुई क्लब लिभरपुल र म्यान्चेस्टर सिटी गोलरहित बराबरीमा रोकिएका छन् ।

लिभरपुल घरेलु मैदानमै भएको खेलमा लिड्स युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको हो । खेल अवधिभर एक दर्जनभन्दा बढी अवसर बनाएपनि लिभरपुलले गोल गर्न सकेन ।

यस्तै दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटी सन्डरल्यान्डसँग गोलरहित बराबरीमा रोकियो । सन्डरल्यान्डले घरेलु मैदानमा सिटीविरुद्ध राम्रो खेल प्रस्तुत गरेर अंक जोड्यो ।

गएराति नै भएको अर्को खेलमा टोटनहम पनि ब्रेन्टफोर्डसँग बराबरीमा रोकियो । क्रिस्टल प्यालेस र फुलहमले १-१ को बराबरी खेले ।

इंग्लिस प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय