News Summary
Generated by OK AI. Editorially reviewed.- इंग्लिस प्रिमियर लिगमा लिभरपुलले घरेलु मैदानमा लिड्स युनाइटेडसँग गोलरहित बराबरी खेलेको छ।
- म्यान्चेस्टर सिटीले सन्डरल्यान्डसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ।
- टोटनहम र ब्रेन्टफोर्ड तथा क्रिस्टल प्यालेस र फुलहमले समानुपातिक बराबरी खेलेका छन्।
१८ पुस, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएका खेलहरूमा शीर्ष चारका दुई क्लब लिभरपुल र म्यान्चेस्टर सिटी गोलरहित बराबरीमा रोकिएका छन् ।
लिभरपुल घरेलु मैदानमै भएको खेलमा लिड्स युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको हो । खेल अवधिभर एक दर्जनभन्दा बढी अवसर बनाएपनि लिभरपुलले गोल गर्न सकेन ।
बराबरीपछि लिभरपुल १९ खेलमा ३३ अंक जोडेर चौथो स्थानमा यथावत् छ । लिड्स २१ अंकसहित १६औं स्थानमा छ ।
यस्तै दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटी सन्डरल्यान्डसँग गोलरहित बराबरीमा रोकियो । सन्डरल्यान्डले घरेलु मैदानमा सिटीविरुद्ध राम्रो खेल प्रस्तुत गरेर अंक जोड्यो ।
सिटीले बराबरी खेल्दा शीर्षस्थानको आर्सनललाई फाइदा पुगेको छ । आर्सनलसँग अब ४ अंकको स्पष्ट अग्रता छ । शीर्षको आर्सनलको १९ खेलबाट ४५ तथा सिटीको ४१ अंक छ । सन्डरल्यान्ड २९ अंकसहित सातौं स्थानमा छ ।
गएराति नै भएको अर्को खेलमा टोटनहम पनि ब्रेन्टफोर्डसँग बराबरीमा रोकियो । क्रिस्टल प्यालेस र फुलहमले १-१ को बराबरी खेले ।
प्रतिक्रिया 4