+

अस्ट्रेलियन ओपन खेल्न जाने शिभाली गुरुङको बिदाइ

२०८२ पुष  १८ गते ११:१९ २०८२ पुष १८ गते ११:१९
अस्ट्रेलियन ओपन खेल्न जाने शिभाली गुरुङको बिदाइ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • १५ वर्षीया नेपाली टेनिस खेलाडी शिभाली गुरुङलाई अष्ट्रेलियन ओपन २०२६ खेल्न भाटभटेनी ग्रुपले बिदाइ गरेको छ।
  • शिभाली जनवरी १२ देखि फेब्रुअरी १ सम्म अष्ट्रेलियामा हुने यु-१४ गर्ल्स क्याटेगोरीमा प्रतिस्पर्धा गर्नेछिन्।
  • नेपाल टेनिस संघका अध्यक्ष मनोहरदास मुल्मले एसियन अष्ट्रेलियन फेडेरेसन र टेनिस अष्ट्रेलियाको सहकार्यमा शिभालीलाई छनोट गरिएको जानकारी दिए।

१८ पुस, काठमाडौं । विश्व चर्चित गाण्ड्सलाम अष्ट्रेलियन ओपन २०२६ टेनिस खेल्न जान लागेकी युवा नेपाली टेनिस स्टार शिभाली गुरुङलाई बिदाइ गरिएको छ । भाटभटेनी ग्रुपले शुक्रबार एक कार्यक्रम आयोजना गर्दै शिभालीलाई बिदाइ गरिएको हो ।

१५ वर्षको उमेरमै नेपाली टेनिसमा सनसनी मच्चाईरहेकी शिभाली ग्राण्ड्स्लाम टेनिसका लागि छनोट हुने पहिलो नेपाली खेलाडी हुन् । उनले यही जनवरी१२ देखि फेब्रुअरी १ सम्म अष्ट्रेलियााा हुने अष्ट्रेलियन ओपनको यु-१४ गर्ल्स क्याटेगोरीमा प्रतिस्पर्धा गर्नेछिन् ।

१५ वर्षीय शिभाली एसिया यू-१९ महिलातर्फ तेस्रो वरियताका खेलाडी हुन् । शिभालीलाई भाटभटेनी ग्रुपले गत वर्ष देखि प्रायोजन गर्दै आईरहेको छ ।

एसियन अष्ट्रेलियन फेडेरेसन र टेनिस अष्ट्रेलियाको सहकार्यमा शिभालीलाई यस ईभेन्टमा छनोट गरिएको नेपाल संघका अध्यक्ष मनोहरदास मुल्मले जानकारी दिए ।

मुल्मले भाटभटेनी र ईन्फिनिटी स्पोर्ट्सलाई शिभालीलाई सहयोग गरेकोमा धन्यवाद दिए ।

एसियाका जुनियर खेलाडीहरुलाई प्रमोट गर्ने उदेश्यसहित यो इभेन्ट गराउन लागिएको हो ।

तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर

अस्ट्रेलियन ओपन टेनिस शिभाली गुरुङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय