News Summary
Generated by OK AI. Editorially reviewed.- हेल्प नेपाल स्पोर्ट्स क्लबले नवाैं एनभीए भलिबल च्याम्पियनसिपको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ।
- सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई २५-२१, २५-२३, २५-२२ को सोझो सेटमा हराउँदै हेल्प नेपाल फाइनल पुगेको हो।
- फाइनल खेल शनिबार रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग हुनेछ।
१८ पुस, काठमाडौं । हेल्प नेपाल स्पोर्ट्स क्लब नवाैं एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई सोझो सेटमा हराउँदै हेल्प नेपाल फाइनलमा पुगेको हो । हेल्प नेपालले पुलिसलाई २५-२१, २५-२३, २५-२२ ले हराएको हो ।
तेस्रो सेटमा पुलिसले २२-२० को अग्रता बनाएपनि जोगाउन सकेन । हेल्प नेपालले लगातार ५ अंक जोडेर खेल जित्यो ।
हेल्प नेपालले अब उपाधिका लागि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग खेल्नेछ।
फाइनल खेल शनिबार हुनेछ ।
प्रतिक्रिया 4