Comments Add Comment

काठमाडौंमा नयाँ प्रविधिको राष्ट्रिय प्रदर्शनी हुने

_pepper_robot_
१४ असार, काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको संस्था लोकसले काठमाडौंमा ३ दिने ‘नेशनल टेक्नोलोजिकल फेस्टिभल-लोकस २०१६’ आयोजना गर्ने भएको छ ।

सन् २००३ देखि लगातार हुँदै आएको प्रतियोगिता यही असार १७, १८ र १९ गते पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थान परिसरमा आयोजना हुनेछ ।

‘नविनताको शसक्तीकरण’ भन्ने नाराका साथ कार्यक्रम आयोजना गर्न लागिएको हो । ३ दिने प्रविधि प्रदर्शनीमा देशभरका विभिन्न इन्जिनियरिङ कलेजमा अध्ययनरत विद्यार्थीले आफूले आविसकार तथा विकास गरेका नयाँ प्रविधिहरुको डेमोस्ट्रेशन गर्नेछन् ।

झण्डै सय वटा स्टल रहने प्रदर्शनीमा ७० भन्दा बढीमा प्रविधिहरुको प्रयोग गरेर देखाइने कार्यक्रम संयोजक बिमल पनेरुले बताए ।

गेम्स एण्ड इन्टरटेन्मेन्ट, इण्डस्टि्रयल एण्ड अटोमेसन, इनर्जी एउण्ड  सोसाइटी तथा खुला बिधामा विद्यार्थीहरुले आफूले विकास गरेका प्रविधिको प्रदर्शन गर्नेछन् ।

विभिन्न विशेष्तायुक्त रोबर्टहरु कार्यक्रमको प्रमुख आकर्षणका रुपमा रहने छन् । विभिन्न चार विधामा रहेर नयाँ प्रविधिहरुको प्रदर्शनी गर्न लागिएको उनले बताए ।

विद्यार्थीमा रहेको क्षमता उजागर गर्ने र प्रदर्शनका लागि उचित मञ्च दिने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको पनुरुको भनाइ छ ।

झण्डै ३० हजारले प्रदर्शनीको अवलोकन गर्ने लक्ष्य राखिएको कार्यक्रमकी प्रेश संयोजक रसना मानन्धरले जानकारी दिइन् ।
कार्यक्रममा प्रदर्शन गरिने प्रविधिमध्ये उत्कृष्ट ठहरिएकालाई पुरस्कृत गर्ने कार्यक्रम पनि छ । यस्तै फेस्टिभलमा विभिन्न स्तरका क्वीज प्रतियोगिता पनि आयोजना हुनेछ । विभिन्न विज्ञहरुको उपस्थितिमा कार्यशाला गोष्ठीहरु पनि आयोजना गरिने मानन्धरले बताइन् ।

प्रदर्शनीमा सहभागी हुनेले अब कस्ता नयाँ प्रविधिहरु आउँदैछन, पुराना प्रविधिहरुलाई थप समृद्ध कसरी बनाउन सकिन्छ भन्ने लगायतका जिज्ञासा समाधान हुने विश्वास गरिएको छ । प्रदर्शनीमा प्रवेश निःशुल्क गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment