Comments Add Comment

कतारमा नेपालीहरुको खुल्ला भलिबल प्रतियोगिता, विजेतालाई १ लाख

दोहा । ईस्लाम धर्मावलम्बीहरुको महानपर्व ईल उल फित्रको अवसर पारेर तमु समाज कतारले खुल्ला भलिबल प्रतियोगिता २०१६ को आयोजना गर्ने भएको छ ।

Tamu-Samajसनैयाको स्ट्रट न ५४मा ईदको पहिलो दिनबाट शुरु हुने खुल्ला भलिबल प्रतियोगीतामा कतारमा कार्यरत नेपाली नागरिकहरुले भाग लिन पाउनेछन् ।

विगतका बर्षहरुमा जस्तै तमु समाज कतार अन्र्तगत रहेको तमु खेलकुद समिति कतारले नेपाली कामदारहरुलाई लक्षित गर्दै खुल्ला भलिबल प्रतियोगिताको आयोजना गरेको हो । खुल्ला भलिबल प्रतियोगितामा कतारमा स्थापित संघसंस्थाहरुले समेत सहभागीता जनाउन सक्नेछन् ।

कतारमा कार्यरत नेपालीहरुले उक्त खेलमा भाग लिन पाउनेछन् भने भलिबलको निर्णायक (रेफ्री) मा राष्ट्रिय तथा जिल्ला स्तरका खेलाडीहरु रहनेछन् । खुल्ला भलिबल प्रतियोगितामा सहभागी हुन चाहने भलिबल टिमले ४ सय ५१ कतारसी रियाल दर्ता शुल्क बुझाई फारम भर्न सक्ने तमु समाज कतारका महासचिव खुसी तमुले जानकारी दिए ।

विजेता टिमलाई आर्कषक पुरस्कार

तमु समाज कतार अन्र्तगत रहेको तमु खेलकुद समिति कतारको आयोजनामा हुन लागेको खुल्ला भलिबल प्रतियोगिताको विजयी टिमलाई आर्कषक पुरस्कारको समेत व्यवस्था गरिएको छ । प्रतियोगिताको प्रथम पुरस्कार रु १ लाख नगदका साथै ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।

उपविजेतालाई ६० हजार नगद पुरस्कार, तेश्रो हुनेलाई ३० हजार र चौथो स्थान हासिल गर्ने भलिबल टिमलाई १५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

जुलाई पहिलो हप्ता ईस्लाम धर्मावलम्बीहरुको महानपर्व ईद पर्नेहुदा छुट्टीको सदुपयोग गर्दै कतारमा कार्यरत भलिबलमा रुची राख्ने नेपालीहरु उक्त कार्यक्रममा सहभागी भई मनोरन्जन लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment