Comments Add Comment

युरोकपबाट बाहिरिएपछि स्पेनका प्रशिक्षकले पद छाडे

Vicente-del-Bosque

काठमाडौं । स्पेनका प्रशिक्षक भिन्सेन्ट डेल बस्की राजीनामा दिएका छन् ।

साविकको विजेता स्पेन यो पटक युरोकपमा इटलीसँग पराजित हुँदै प्रिक्वार्टरफाइनलबाटै बाहिरिएको थियो ।

६५ वर्षका डेल बस्कीले २०१० मा स्पेनलाई विश्वकपको उपाधि दिलाए । लगतै २०१२ मा स्पेनले उनकै प्रशिक्षणमा युरोकप पनि जित्यो ।
तर, २०१४ को ब्राजिल विश्वकपमा निकै खराब प्रदर्शन गरेको स्पेन समूह चरणबाटै बाहिरियो ।

डेल बस्कीले स्पेनको रेडियोसँग कुराकानी गर्दै अब स्पेनको फुटबल प्रशिक्षकमा रहिरहने कुनै मनसाय नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment