+
+
Shares

सरकार र डा. गोविन्द केसीबीच चारबुँदे सहमति

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ९ गते १८:३७

Dr.-Govinda-KC,Hunger Strike

९ साउन, काठमाडौं । सरकार र आमरण अनसनरत डा. गोविन्द केसीबीच चारबुँदे औपचारिक सहमति हुने भएको छ । सहमतिमा हस्ताक्षर गर्न सरकारी वार्ता टोलीका सदस्यहरु अनसन स्थल शिक्षण अस्पताल हिँडेका छन् ।

सहमतिमा चिकित्सा शिक्षा एेन संशोधन गर्ने उल्लेख छ । यस्तै मनमोहन अस्पताललाई वीर अस्पतालका नाममा किन्ने प्रस्ताव गरिएको छ । अनलाइनखबरसँग कुरा गर्दै सरकार वार्ता टोलीका सदस्य एवं प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारीले भने, डा. केसीले अनसन तोड्नुहुन्छ भने मनमोहन मेमोरियल कलेज सरकारको स्वामित्वमा ल्याउन तयार छौं भनेर डा. केसी पक्षका वार्ता टोलीलाई भनेका छौं ।’

स्रोतका अनुसार डा. केसीका प्रतिनिधिहरु अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने मागमा केही लचिलो बनेका छन् । ‘यो विषय संसदमा प्रवेश गरिसकेकाले यसबारे थप सहमति गर्नुपर्नेमा समझदारी भएको छ’ वार्ता टोलीका संयोजक डा. रञ्जन सापकोटाले बताए ।

डा के.सी. को चिन्ता फेरि धोका हुन्छ कि ?

अनसनरत डा. केसीले फेरि धोका हुने त होइन भन्ने चिन्ता व्यक्त गरेका छन् । सरकारले यसअघि गरेका सहमति कार्यान्वयन नभएको तर्फ इगीत गर्दै डा केसीले फेरि धोका हुँदैन भन्ने बलियो आधार खोजेका छन् ।

केसीको तर्फबाट सरकारसँगको वार्तामा सहभागी आफ्ना सहयोगीहरुसँग कुरा गर्दै केसीले त्यस्तो बताएको डा. रञ्जन सापकोटाले अनलाइनखबरसँग भने । ‘यसअघि पनि विभिन्न ‘लुपहोल’ राखेर धोका दिने काम भयो, फेरि पनि धोका दिन्छन् की ?’ के.सी.लाई उधृत गर्दै डा सापकोटाले भने ।

अहिले पनि डा केसीले आफ्ना सहयोगीसँग सहमतिका लागी तयार भएको मस्यौदाबारे छलफल भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?