+
+
Shares

रास्वपा कर्णालीका सहमहामन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

राष्ट्रिय स्वतन्त्र पार्टी कर्णाली प्रदेश समितिका सहमहामन्त्री हरिप्रसाद अधिकारीसहित पाँच जनाविरुद्ध मालिका सामुदायिक वन उपभोक्ता समितिको १२ लाखभन्दा बढी रकम हिनामिनाको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २० गते २१:४४

२० चैत, सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेश समितिका सहमहामन्त्री हरिप्रसाद अधिकारीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । सामुदायिक वन उपभोक्ता समितिको रकम हिनामिना गरेको भन्दै अधिकारीसहित पाँच जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–५ स्थित मालिका सामुदायिक वन उपभोक्ता समितिको १२ लाखभन्दा बढी रकम हिनामिना गरेको अख्तियारले बिहीबार प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । अख्तियारले वन उपभोक्ता समितिका अध्यक्ष अमरबहादुर दानी, कोषाध्यक्ष सावित्रा अधिकारी, सचिव तेजेन्द्रबहादुर वयक क्षेत्री र सदस्य हरिप्रसाद अधिकारीले आपसी मिलेमतोमा रकम दुरुपयोग गरेको भन्दै मुुद्दा दायर गरेको जनाएको छ ।

आर्थिक वर्ष २०७०/७१ देखि २०७५/७६ सम्मको अवधिमा गैर कानुनी रूपमा रकम दुरुपयोग गरेको देखिएको अख्तियारले जनाएको छ । ‘उनीहरूले समितिको निर्णय र बिल भर्पाइविना नै रकम खर्च गरेको, सडक निर्माणमा कार्य योजना विना र नक्कली कागजात मिलाई भुक्तानी दिएको, लेखा परीक्षण नै नगरी लेखा परीक्षण शुल्क भुक्तानी गरेको देखाएको छ,’अख्तियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

साथै, काठ बिक्रीको रकम समितिको खातामा जम्मा नगरेको, नर्सरी व्यवस्थापन, वन मुद्दाका लागि अधिवक्ता शुल्क र साक्षी खर्चका नाममा प्रमाण विना ठुलो रकम हिनामिना गरेको अख्तियारको ठहर छ ।

उपभोक्ता समूहको सार्वजनिक सम्पत्ति कोषको रकम मुद्दा तथा साक्षी खर्चका नाममा दुई लाख ८५ हजार खर्च गरेको, वन समूहका अध्यक्षले वीरेन्द्रनगर बसाइँका नाममा निजी स्वार्थ पूरा गर्ने क्रममा ४१ हजार १६२ रुपैयाँ बुझी लिएको अख्तियारको दाबी छ ।

समितिका पाँचै जनाको मिलेमतोमा १२ लाख १८ हजार ५१२ रुपैयाँ बराबरको हिनामिना गरेको ठहर गर्दै उनीहरूविरुद्ध विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको अख्तियारले जनाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?