Comments Add Comment

एनआरएनको पुनर्निर्माण अभियानमा स्वीटजरल्याण्डबाट ९३ लाख सहयोग

NRN-Switzerland1

गत बर्ष गएको बिनाशकारी भूकम्पमा घरबारबिहीन भएकाहरूकालागि एक हजार घर निर्माण गर्ने गैरआवासीय नेपाली संघ एनआरएनको अभियानकालागि स्विटजरल्याण्डबाट करिब ९३ लाख सहयोग जुटेको छ ।

गोर्खाको उत्तरी गाउँ लाप्राकमा वस्ती बनाउन सरकारसँग सम्झौता गरिसकेको एनआरएनएलाई घर निर्माणका लागि स्वीटजरल्याण्डबाट सहयोग आएको हो ।

स्वीस-नेपाली भूकम्प पुनःनिर्माण अभियानले संकलन गरेको ७५ हजार ६ सय ८२ स्वीस फ्र्याङक र स्वीस-नेपाली समाजको १० हजार स्वीस फ्र्याङक गरी करिब ९३ लाख रुपैयाँ एनआरएनएको पुनर्निमाण अभियानमा सहयोग गर्ने घोषणा गरिएको छ ।

गैरआबासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घले र उपाध्यक्ष कुमार पन्तको बिशेष उपस्थितिमा जुरिखमा आइतबार आयोजित एक कार्यक्रमबीच रकम प्रदान गर्ने घोषणा भएको हो । स्वीटजरल्याण्डमा उठेको रकमलाई पुनर्निमाणमा खर्च गर्न एनआरएनएलाई बिश्वास गरेकोमा संघका अध्यक्ष घलेले खुशी ब्यक्त गरेका छन् ।

NRN-Switzerland

अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष घलेले गोर्खाको उत्तरी गाउँ लाप्राकलाई नयाँ स्थानमा सारेर एकीकृत नमुना वस्ती बनाउन नेपाल सरकारसँग संघले सम्झौता गरेपछिको प्रगति विवरणबारे जानकारी गराएका थिए । उनले सेप्टम्बरसम्म योजनाको मास्टर प्लानतयार भइसक्ने जानकारी दिए ।

घलेले भने, ‘एनआरएनएले मोडेल भिलेज बनाउने प्रक्रिया पनि मोडेल प्रोसेसबाट होस् भन्ने चाहानाअनुरुप नै तयारी गरिरहेको छ ।’ मोडल भिलेजमा घरहरु मात्र बनाएर सार्थक नहुने बताउदै उनले गाउँका लागि सडक, खानेपानी, पाठशाला, कम्युनिटी हल जस्ता पूर्वाधारको आवश्यकता हुनुपर्नेमा पनि जोड दिए ।

कार्यक्रममा संघका उपाध्यक्ष कुमार पन्तले भूकम्प पीडितकालागि एनआरएनले संकलन गरेको रकम र निर्माणको क्रममा एक पैसा पनि तलमाथि नहुने प्रतिबद्दता व्यक्त गरे । उपाध्यक्ष पन्तले संघको संस्थागत विकासमा केहि चुनौतीहरु भएपनि संघलाई सबैको साझा संस्था बनाउनु पर्नेमा जोड दिए ।

यस अघि संघले प्रत्येक घर बनाउदा करिब ३ लाख ५० हजार रुपैयाँको खर्च अनुमान गरे पनि संकलन भएको रकम अपुग हुने देखिएको बेला स्वीटजरल्याण्डबाट सहयोग आउन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment