Comments Add Comment

गोविन्द केसीविरुद्ध म यसकारण सडकमा आएँ

नेपाल स्वास्थ्य सहकारी संस्थाको एकजना शेयर सदस्यको नाताले गत बुधबार काठमाडौंमा आयोजित र्‍यालीमा म पनि सहभागी भएँ । मलाई कसैले बोलाएर वा दबाब दिएर होइन, आफ्नै इच्छाले गएँ । किनकि मेरो सम्पत्ति मलाई नसोधी बेच्ने अधिकार संविधानले कसैलाई दिएको छैन । सरकार र डा.गोविन्द केसीबीच केसीको अनसन तोडाउने क्रममा भएको सम्झौताको एउटा बुँदामा मनमोहन अस्पताल र मडिकल कलेज वीर अस्पतालले किन्ने उल्लेख रहेछ ।

bhuri-khadka-1म दोलखाको च्यामाबाट काठमाडौं आएकी एक सर्वसाधारण गृहिणी हुँ । मेरो श्रीमान राष्ट्रसेवक कर्मचारी हुनुहुन्छ, उहाँको कमाइबाट हामी परिवारका चारजना पालिएका छौं । मलाई कुनै मेडिकल कलेज आउनु र रोकिनुसँग खासै कुनै सम्बन्ध छैन । तर एउटा नयाँ मेडिकल कलेज थपियो भने मेरो छोरालाई डाक्टर पढाउन मलाई थप विकल्प खुल्छ । अहिले ३५ लाखमा पढाउने कलेजहरु भ्ाोलि प्रतिस्पर्धाका आधारमा ३० लाखमा र्झन सक्छन् । डा.केसी कुनै एउटा मेडिकल कलेज आउन नदिन पटक पटक अनसन बसेको मलाई चित्त बुझेन । यति भन्दा म माफिया हुने ? यसको जवाफ तपाईहरुले एक दिन दिनुपर्नेछ ।

मलाई अचम्म लाग्यो कि एकजना प्रतिष्ठित डाक्टरको आठ पटकको अनसनको मुख्य उद्देश्य भनेको मनमोहन मेडिकल कलेज कुनै हालतमा आउनुहँुदैन । गोविन्द केसीको अनसनको माग जे जे भए पनि एकमात्र लक्ष्य मनमोहन मेडिकल कलेज आउन नदिने रहेछ भन्ने उनी आफैंले प्रष्ट पारे । लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने माग उनको देखावटीमात्र थियो भन्ने पनि यसपटक उनी आफैंले साबित गरे ।

यो कुराले मलाई अचम्म लाग्यो । यही देश हो, जहाँ नन्दप्रसाद अधिकारीले न्याय मागेर अनसन बस्दा बस्दै ज्यान गुमाए । तर, उनको माग पूरा गर भनेर कोही सडकमा निस्किएन । किनकि नन्दप्रसादका लागि लगानी गर्ने कुनै बिजनेश गु्रप थिएन । नन्दप्रसादका लागि मिडियामा प्रायोजन गर्ने कुनै कम्पनी थिएनन् । तर, यही देश हो, जहाँ एउटा डाक्टर,अब यहाँ डाक्टर धेरै भए मेडिकल कलेजहरु ख्ाोल्न पाइँदैन भनेर अनसन बस्दा ठूला ठूला व्यापारिक घरानाहरु संलग्न हुने । यो कुरा चित्त नबुझेर म पनि त्यो जुलुसमा गएँ ।

मान्छेको ज्यान धनी होस् वा गरीव, डाक्टर होस् वा किसान, उत्तिकै महत्वपूर्ण हुनुपर्ने हो । तर, मिडियाले कुनै व्यक्तिलाई महान निष्ठावान र सदाचारी सत्याग्रही भनेर स्थापित गरिदिएपछि समाज उनकै पछि लाग्दोरहेछ । किनकी आइ एम वीथ डाक्टर केसीभन्यो भने रातारात जो कोही पनि ती प्रायोजनमार्फत सेलिबि्रटी हुने भएपछि मान्छेले मौका छोप्ने नै भयो । कुनै व्यक्तिले फलानो मेडिकल कलेज आउन पाउदैन भनेर अनसन बस्छ अनि सरकार अनसन तोडाउने नाममा निजी सम्पत्ति किन्ने सम्झौतामा हस्ताक्षर गर्छ । यस्तो किन हुन्छ ?

यही कुरा चित्त नबुझेर स्वस्फूर्त रुपमा निस्किएको पेशाकर्मीहरुको जुलुसलाई माफिया र लोकमानसिंह कार्कीका पक्षधर भनेर प्रतिष्ठित भनिएका लेखक तथा पत्रकारहरुले लान्छित गरे । म उनीहरुलाई प्रश्न गर्न चाहान्छु-डा.गोविन्द केसीका बालहठको पक्षमा जुलुस लाउनेहरु महान र ती बालहठ नस्वीकार्नेहरु माफिया भन्ने तपाईहरुको मापदण्ड के हो ?

केही दिनअघि कार्टुटिष्ट रवि मिश्रको एउटा कार्टुन निकै चर्चित भयो । उनको कार्टुनमा ‘यहाँ अनसन पद्धतिबाट उपचार गरिन्छ । कसैलाई महाअभियोग लगाउनु परेमा हामीलाई सम्भिmनुस’ भनेर गोविन्द केसीको अनसन देखाइएको थियो । त्यो कार्टुन प्रकाशित भएपछि उनीमाथि ट्वीटर र फेसबुकबाट गरिएका गालीगलौज र आक्रमण देख्दा गोविन्द केसीका अनुयायीहरु कति असहिष्णु हुँदा रहेछन् भन्ने प्रष्ट भएको थियो । यसबाट के प्रष्ट हुन्थ्यो भने गोविन्द केसीको अनसन नेपालका एलिटहरुको नाफामूलक व्यवसाय हो ।

वास्तवमा निष्ठावान भनिएका गोविन्द केसीका समर्थकहरु त्ाालिवान जस्ता अतिवादी रहेछन् । उनीहरुसँग असहमत हुने वा तटस्थ रहनेहरु माथि तीब्र हमला बोल्ने र उनीहरु नियन्त्रित टाइकुनहरुबाट चरित्र हत्या गर्ने मिसन चलाइएको छ । तालिवानले गर्ने बम हमलाभन्दा गोविन्द केसी मिसनका अभियन्ता र ती नियन्त्रित मिडियाले गर्ने हमला निकै घातक हो । बम वा गोलीले हानेपछि मान्छे एकैपटक मर्छ, तर कलमले हानेर पटक पटक मार्ने खेति गोविन्द केसी समर्थकले गरेका छन् । उनीहरुसँग जुलुसमा नहिँड्ने जति सबै माफिया भन्ने अत्यन्त खतरनाक सिद्धान्त प्रतिपादन गरिएको छ ।

चुना केसी
चुना केसी

गोविन्द केसीका मागसँग सरोकार नराख्न नपाइने ? गोविन्द केसीका नाजायज मागको बिरोध गर्न नपाइने ? उनीहरुले जे भन्यो त्यहि सत्य हुने ? यो देशमा गोविन्द केसी सत्य अरु सबै मिथ्या हो ? आज नभए पनि इतिहासको कठघरामा यसको जवाफ उनीहरुले दिनुपर्नेछ । लोकमानसिंह कार्की र भोला रिजालहरुको साइनो के हो हामीलाई थाहा छैन । तर, हामीले लोकतन्त्रमा स्वतन्त्रतापूर्वक बोल्न र लेख्न पाउनुपर्छ ।

हामीजस्ता सर्वसाधारणका लागि ती दुबै मिसनसँग सरोकार छैन । तर, आफ्नो दृष्टिकोण राख्न पनि नपाइने ? लोकतन्त्रमा गोविन्द केसीका अनुयायीहरुले कस्तो आचरण स्थापित गर्न खोजेका हुन् । सामाजिक सञ्जालमा आइ एम वीथ डा. केसी वालाहरु मिल्ने भए भाला खुकुरी लिएर झम्टिन्थेँ जसरी प्रस्तुत हुन्छन् । वास्तवमा केसीको अनसन बिभिन्न स्वार्थ समूहको अप्राकृतिक गठबन्धन बनेको छ । जसबाट कसैले आफ्नो पार्टी स्थापित गर्नु परेको छ भने कसैलाई व्यापारिक स्वार्थ सिद्धि गर्नुछ ।

गोविन्द केसीको समर्थन गरेन भने सोसाइटीभित्रै नपरिने हो कि भन्ने पारेका छन् मिडियाले । सोसियल मिडियामा प्रायोजित भीड जम्मा पारिएको छ । विज्ञापन गरेर,उर्दी जारी गरेर गरिएको गोविन्द केसीको जुलुस भन्दा स्वस्फूर्त हाम्रो प्रदर्शन भव्य थियो । गोविन्द केसीसँगै हिडौं भनेर विज्ञापन गर्नेहरुले गोविन्द केसी नेतृत्वको शिक्षण अस्पतालको हाडजोर्नी बिभागको बेहाल देखेका छन् ?

हामीले बोल्दा, हामीले शान्तिपूर्ण प्रदर्शन गर्दा समाचार ब्ल्याक आउट गरियोस केही भएन, तर हामीलाई भाडाका मान्छे, माफियाका चम्चे भन्ने गोविन्द केसीका समर्थकले एकपटक आफ्नो ऐना हेरुन् । सर्पले सर्पको खुट्टा देख्छ, माफियाले माफियाको अनुहार चिन्छ । गोविन्द केसीलाई सुताएर आ-आफ्ना ब्यापार बढाउन लागि परेका माफियाहरुले उनका मागमा असहमति जनाउने सबैलाई माफिया देख्नु कुनै अनौठो कुरा होइन । बाँकी कुरा समयले बताउनेछ । किनकि समय शुरु भएको छ, यो निरन्तर चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment