Comments Add Comment

एमालेले सात प्रदेशको संयोजक र सहसंयोजक तोक्यो (नामावलीसहित)

७ भदौ, काठमाडौं । नेकपा एमालेले सात प्रदेशको संयोजक र सहसंयोजक तोकेको छ । एमाले स्थायी समितिको बैठकले प्रदेश १ मा भीम आचार्यलाई संयोजक र शेरधन राईलाई उपसंयोजक तोकेको छ ।

UML-Central-Office२ मा सत्यनारायण मण्डल संयोजक भएका छन् भने नागेन्द्र चौधरी उपसंयुक्त, ३ मा अष्टलक्ष्मी शाक्य संयोजक र काशिनाथ अधिकारी उपसंयोजक भएका छन् ।

एमालेले प्रदेश नम्बर ४ मा किरण गुरुङ संयोजक र गणेश तिम्सिना सहसंयजक, ५ मा विष्णु पौडेल संयोजक र दलबहादुर राना सहसंयोजक, ६ मा युवराज ज्ञवाली संयोजक र यमलाल कँडेल सहसंयोजक तथा ७ मा भीम रावल संयोजक र कर्ण थापा सहसंयोजक तोकिएको सचिव योगेश भट्टराईले जानकारी दिए ।

एमालेले जिल्ला अधिवेशनबाट निर्वाचित निवर्तमान अध्यक्षहशरुलाई प्रदेश संगठन कमिटी सदस्य मनोनित गरेको छ ।

साथै उपमहासचिव घनश्याम भुसाललाई प्रवेश क्षेत्रको सम्पर्क, समन्वय र नेतृत्व गर्ने जिम्मा दिएको छ । महेन्द्रबहादुर पाण्डेलाई युवा फाँटको इन्चार्ज, लालबाबु पण्डितलाई राजकीय मामिला विभाग, राधा ज्ञवालीलाई महिला, अग्नि खरेललाई स्थानीय विकास फाँटको प्रमुख बनाएको छ । हरि पराजुलीलाई किसान फाँटको सह इन्चार्ज तोकेको सचिव योगेश भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment