Comments Add Comment

पोस्टमार्टम सहयोगीको पारिश्रमिक ८५ रुपैयाँ !

Doctor-in-Accident८ भदौ, काठमाडौं । जिल्ला अस्पताल होस् वा स्याङजा वालिङ प्राथमिक स्वास्थ् केन्द्र, राज्यले शव चिर्ने सहयोगीलाई प्रतिशव एक सय रुपैयाँमात्रै अतिरिक्त पारिश्रमिक दिने गरेको छ ।

तर ती सहयोगीले भने मूल्य अभिबृद्धिकर कटाएर प्रतिशव जम्मा ८५ रुपैयाँमात्र पाउने गरेका छन् ।

कुखुराको मासु किन्न हिँडेका सन्तबहादुर दमै ५ दिनपछि मृत अवस्थामा भेटिए । पुतलीबजार नगरपालिका वडा नं ९ लामागेका ४२ वर्षीय दममै केही महिनाअघि स्याङ्जा सदरमुकाममा मासु लिन आउँदै गर्दा चिप्लिएर खरबारीमा खसे । बटुवाले गनाइरहेको अवस्थामा उनकाृ शव देखेपछि प्रहरीलाई खवर गरे । गनाएको शव जिल्ला असपताल लगियो । अनि चिरफार पनि भयो ।  मास्कको त के काम, नामका गलबन्दी नै बाँधेर चिरफार गर्नुपरेको कार्यालय सहयोगीको भनाइ रहेको अाजकाे अन्नपूर्णमा समाचार छ ।

यी त एक पात्रमात्र हुन् । बढीपहिरोमा पुरिएका खोलाले बथाएका, बेबासिसे शव अत्यन्त्यै गनाउने र चिरफार गर्दा अत्यन्य कठिन मानिन्छन् । तर ती शव चिर्ने र सिलाउने काम गर्ने सहयोगी तिलकप्रसाद लामिछानेले भने ८५ रुपैयाँमात्र पाउँछन् ।

पोष्टमार्टमका लागि चिरफार गर्न राज्यले कुनै व्यक्ति खटाएको छैन । एउटा शव चिरफार गर्न कम्तीमा ४५ मिनेटदेखि २ घन्टासम्म लाग्ने गरेको र टाउको नै खोल्नुपरे अझै धेरै समय लाग्ने लम्सालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment