Comments Add Comment

फास्ट ट्रयाक भारतलाई नदिन प्रधानमन्त्रीलाई पार्टीको खबरदारी

Pushpakamal-Dahal-Prachanda,-PM-of-Nepal१० भदौ, काठमाडौं । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण नजिकिँदै गर्दा उनको पार्टी माओवादी केन्द्रले निजगढ काठमाडौं फास्ट ट्रयाक, नौमुरे जलविद्युत परियोजना र पुलिस एकेडेमीमा भारतीय सहयोग नलिन निर्देशन दिएको छ ।

माओवादी केन्द्रभि गठन गरिएको सरकार सञ्चालन सहयोग समितिका नेताहरुले प्रधानमन्त्री प्रचण्डलाई त्यस्तो निर्देशन दिएका अाजको अन्नपूर्णमा समाचार छ ।

राष्ट्रियताको मामिलामा भारसँग नचुक्न माओवादी नेताहरुले खबरदारी गरेपछि प्रधानमन्त्री प्रचण्डले त्यस मामिलामा आफू सचेत र सजग रहेको प्रतिवद्धता व्यक्त गरेका छन् ।

पार्टीका नेताहरुको निदैशनपछि दाहालले आफ्ना विशेष दूत विमलेन्द्र निधिमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाएको पत्रमा राजनीतिक र संवैधानिक विषय नरहेको प्रस्ट पार्दै आफ्नो भारत भ्रमणका क्रममा पनि आफू सतर्क रहने प्रतिवद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment