६ असोज, काठमाडौं । सिचाईंमन्त्री दीपक गिरीलाई हृदयाघात भएको छ । नर्भिक अस्पतालमा क्रोनरी एन्जियोप्लास्टी गरेपछि उनी अहिले आराम गरिरहेका छन् ।
बुधबार राति मन्त्री गिरीलाई हृदयघात भएको थियो । उनलाई पछि नर्भिक अस्पतालमा विहीबार दुई बजे अस्पताल पुर्याइएको थियो ।
‘उहाँको तत्कालै एन्जिओग्राफी गरियो र क्रोनोरी एन्जिओप्लास्टी पनि गरियो,’ नर्भिक अस्पताल स्रोतले अनलाइनखबरसँग भन्यो ।
मुटुका धमनीमा रक्त प्रवाह खुलाउन एन्जिओग्राफी गरिन्छ । उक्त धमनी फेरि अवरुद्ध नहोस् भनेर धातुको क्वाइल राखिन्छ जसलाई स्टेन्टेन्ट भनिन्छ ।
कांग्रेस नेतासमेत रहेका मन्त्री गिरी नर्भिक अस्पतालको सिसियू कक्षको बेड नम्बर २०४ मा छन् । उनलाई अझै दुई-तीन दिन अस्पतालमै राख्नुपर्ने चिकित्सकहरुले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4