Comments Add Comment

धादिङ दुर्घटनामा मृत्यु भएकामध्ये १३ को सनाखत

पोष्टमार्टम टीमसहित एसपीको टोली घटनास्थल प्रस्थान

Dhading-Marpak-Bus-Accident

११ असोज, काठमाडौं । धादिङको उत्तरी गाविस मार्पाकमा मंगलबार भएको बस दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या १८ पुगेको प्रहरीले जनाएको छ । मृतकमध्ये १३ जनाको सनाखत भएको छ ।

घटनास्थलमा १७ जनाको र काठमाडौंको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा एकजनाको मृत्यु भएको धादिङ प्रहरीले जानकारी दियो ।

घटनास्थलमै रहेका दार्खा चौकीका प्रहरी जवान जवाहरलाल साहका अनुसार मृत्यु हुनेहरुमा रौता तामाङ, रामचन्द्र सापकोटा, लुद्रबहादुर घले, टेकबहादुर तामाङ, करिब पाँच वर्षीय बालक रावण तामाङ, रावणकी आमा श्रीमाया तामाङ र कमला पौडेल छन् ।

त्यस्तै दिलमाया अधिकारी, मनजी जोंग तामाङ, रोङसिंह तामाङ र बस चालक गंगाबहादुर विकको पनि दुर्घटनामा ज्यान गएको प्रहरी जवान साहले अनलाइखबरलाई जानकारी दिए ।

Dhading-Marpak-Bus-AccidenFinalजवान साहले भने, ‘मृत्यु हुनेहरुमा अधिकांश सत्यदेवीका छन् भने केही ‘री’ गाविसका पनि छन् । अरु कता-कताका छन् हामी सोधपुछ गर्दैछौं ।’

सदरमुकामबाट पोष्टमार्टम टीमसहित एसपी घटनास्थल तर्फ

 

घाइतेहरुलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । शवहरु खोलाको बगरमा राखिएको छ । आफन्तहरुको रुवाबासी चलिरहेको प्रहरी जवान साहले बताए ।

वरिपरका गाविसका प्रहरीसँगै अधिकांश मृतकका आफन्तहरु समेत गरेर तीन सय जना घटनास्थलमा छन् । उनीहरुले शव निकाल्ने र पहिचान गर्ने काम गरिरहेका छन् ।

जिल्ला प्रहरी प्रमुख एसपी शरद खत्री ३० जना प्रहरीको टोली लिएर घटनास्थल छन् । प्रहरी टोलीसँगै जिल्ला अस्पताल धादिङबाट पोष्मार्टम गर्ने चिकित्सकको टोली पनि मापार्क पठाइएको धादिङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रकाश सुवेदीले अनलाइनखबरलाई जानकारी दिए ।

घटनास्थल सदरमुकाम धादिङबेसीबाट करिब ३५ किलोमिटर टाढा पर्दछ ।

यो पनि पढ्नुस् 

धादिङ बस दुर्घटना: ‘घाइतेहरु बचाउ-बचाउ भन्दै थिए’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment