Comments Add Comment

मेस्सीको पेनाल्टी गोलसँगै बार्सिलोना विजयी, नेयमारलाई बोटल प्रहार

messi७ कात्तिक, काठमाडौं । लिओनल मेस्सीले अतिरिक्त समयमा गरेको पेनाल्टी गोलको मदतमा बार्सिलोनाले स्पेनिस ला लिगामा भ्यालेन्सियालाई हराएको छ । र, लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ३-२ गोल अन्तरले हराएको हो ।

भ्यालेन्सियाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले २२ औं मिनेटमा मेस्सीको गोलबाट अग्रता लिएको थियो । तर, दोस्रो हाफमा घरेलु टोलीले कमब्याक गर्यो र ५२ र ५६ औं मिनेटमा गोल गर्दै २-१ को अग्रता लियो ।

खेलको ६२ औं मिनेटमा लुइस स्वरेजले बराबरी गोल फर्काए । दुबै टोलीबाट गोल हुन नसकेपछि खेल बराबरी उन्मुख थियो । तर, अतिरिक्त समयमा स्वरेजलाई लडाएपछि बार्सिलोनाले पेनाल्टी पायो । जसमा मेस्सीले सहजै गोल गरे ।

barcaत्यसक्रममा घरेलु समर्थकले मैदानमा पानीको बोटल हानेका थिए । जसले नेयमार र स्वरेजलाई लागेको छ ।

जितपछि बार्सिलोना ९ खेलबाट १९ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको एथ्लेटिको मडि्रड र तेस्रो स्थानमा रहेको रियल मडि्रडको समान १८ अंक छ र दुबैले एक खेल कम खेलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment