Comments Add Comment

पारा तेक्वान्दो कोर्सका लागि दुई प्रशिक्षक कोरिया प्रस्थान

para-taekwando-coach

९ कात्तिक, काठमाडौँ । दक्षिण कोरियाको मुजु शहरमा हुने पारा तेक्वान्दो कोर्समा सहभागी हुन तेक्वान्दका दुई प्रशिक्षक त्यसतर्फ प्रस्थान गरेका छन् ।

पारा तेक्वान्दोका प्रशिक्षक कल्याण कुँवर र तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा तेक्वान्दो पार्टनरसीप अन्तर्गतको कोर्समा सहभागीता जनाउनेछन् । विश्व तेक्वान्दो महासघ-डब्लुटिएफ)ंले पारा तेक्वान्दो खेल विकासका लागि आयोजना गरेको पारा कोर्स १४ दिन सम्म सञ्चालन हुनेछन् ।

नेपालका दुई प्रशिक्षकले अक्टोबर २५ देखि नोभेम्बर सम्म उक्त कोर्सको प्रशिक्षण लिनेछन् ।

डब्लुटिएफद्धारा आयोजना हुने उक्त तेक्वान्दो क्याम्पमा अन्य दुई एथ्लिट एण्ड एन्स्ट्रक्टर कोर्स तथा क्याडेट क्याम्प पनि हुनेछन् । कुँवर पारा तेक्वान्दोका प्रशिक्षक हुन भने लामा पशुपति तेक्वान्दो डोजाङका प्रशिक्षक हुन् । दुवै प्रशिक्षकले पारा तेक्वान्दो खेल विकास लागि योगदान दिइरहेका छन् ।

उनीहरुलाई ओलम्पियन विधान लामा, काठमाडौँ जिल्ला तेक्वान्दो कार्यसमितिका सचिव कुमार लामा घिसिङ र गाम्सा तेक्वान्दो डोजाङका सस्थापक एवम् प्रशिक्षक राजिवजंग बस्नेतले विदाई गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment