Comments Add Comment

रेल र राजमार्गबाट तिब्बत र नेपाललाई जोड्न सम्भव छः बाबुराम

Baburam-bhattrai

१२ कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रेल र राजमार्गबाट तिब्बत र नेपाललाई जोड्न सम्भव रहेको बताएका छन् । साथै उनले यसलाई भारतसम्म विस्तार गर्न सकिने बताए ।

चीनको ग्वान्झाओमा भइरहेको सिल्क रोड एक्स्पोलाई सम्बोधन गर्दै नयाँ शक्ति नेपालका संयोजक समेत रहेका भट्टराईले अत्यन्त दुर्गम र निर्माण गर्न असम्भव ठानिएका स्थानलाई पनि आधुनिक रेल प्रविधिद्वारा कसरी जोड्न सकिन्छ भन्ने उदाहरण चिन्घाई-तिब्बत रेलमार्गले देखाइसकेको बताए । उनले अघि भने, त्यसकारण, रेल र राजमार्गद्वारा चीनको तिब्बत स्वायत्त क्षेत्र र नेपाललाई जोड्न (र सम्भवतः भारतसम्म विस्तार गर्न) दुवै प्राविधिक र आर्थिक रूपले सम्भव छ ।’

नेपाल र चीनबीच यातायात सम्बन्ध बढाउनुपर्ने विषय पारवहन खर्च कटौती गर्ने अथवा व्यापार वृद्धि गर्नेसित मात्र सम्बन्धित नभएको उनले बताए । यो हिमाली भेगका दुवैपट्टिका क्षेत्रहरूको अर्थतन्त्रको मूलभूत संरचनामै महत्वपूर्ण सुधार ल्याउने बिषयसित गाँसिएको भट्टरार्इले बताए । उनले अघि भने, चीन-नेपाल-भारतलाई जोड्दा विशाल आर्थिक बजार निर्माण हुने र यसले अभूतपूर्व स्तरको उत्पादकत्व, अन्वेषण/नवीनता, पर्यटकीय र साँस्कृतिक साँठगाँठ बढाउन सक्नेछ ।’

चीनले पहल गरेको ‘वान-वेल्ट-वान-रोड’ योजनाले एशियाली राष्ट्रहरुलाई जोड्न निक्कै योगदान पुर्याउने उनले बताए । यसले निश्चय नै एशियाका प्रत्येक देशलाई बृहत लाभ पुर्याउनेछ र कालान्तरमा यी एशियाका गौरव परियोजना बन्नेछन्, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment