+
+
Shares

भारतीय राष्ट्रपतिको स्वागतार्थ पोखरामा बनाइएको गेट तोडफोड

सन्देश श्रेष्ठ सन्देश श्रेष्ठ
२०७३ कात्तिक १८ गते ११:५५
gate-todfod-pokhara
तस्वीरः सुदर्शन रञ्जित/अनलाइनखबर

१८ कात्तिक, पोखरा । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको स्वागतार्थ पोखरामा बनाइएको स्वागतगेट तोडफोड भएको छ । गएराति अज्ञात समूहले गेट तोडफोड गरेका हुन् ।

शुक्रबार हुने राष्ट्रपति मुखर्जीको पोखरा भ्रमणका क्रममा स्वागतका लागि इन्द्रचोक नजिकै बनाइएको स्वागत गेट तोडफोड गरिएको हो । स्वागत छ पोखरामा भनेर लेखिएको फ्लेक्स च्यातिएको छ भने राष्ट्रपति मुखर्जीको फोटो पनि च्यातिएको छ ।

तर प्रहरीले भने सामान्य च्यातिएको बताएको छ । ‘सामान्य च्यातिएको हो, तर यो इन्टेनसनल्ली भएको देखिदैन,’ कास्कीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक गजुसिद्धी बज्राचार्यले भने ।

यसैबीच, सो स्थानमा च्यातिएको फ्लेक्स निकालेर नयाँ फ्लेक्स लगाइसकिएको छ । फ्लेक्स च्यातिएको खबर पाएलगत्तै पुगेको प्रहरी टोलीले तुरुन्तै नयाँ फ्लेक्स लगाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?