
काठमाण्डौमा एक कार्यक्रमको घोषणा गर्दै नयाँ चलचित्र ‘दिल विचारा’को घोषणा गरिएको छ । निर्देशक रञ्जीत राना मगरको निर्देशनमा बन्न लागेको यो चलचित्रमा तम्भोको लगानी रहनेछ ।
चलचित्रका निर्देशक रानाका अनुसार चारैतिर खुशी भएको मन निश्चित बिन्दुमा आईपुग्दा कस्तो समस्यामा पर्छ भन्ने कुरालाई चलचित्रमा देखाइनेछ ।
चलचित्रमा लभ, एक्सन, कमेडीलाई मिश्रण गरिएको छ । चलचित्रमा जयकिशन बस्नेत, सिर्जना भट्टराई, सञ्जु सिलवाल, राजेन्द्र चौलागाई, तेजा ऐर, महेश जोशी, कुसुम श्रेष्ठ, रेश्मा मगर, मुकेश खतिवडा, सञ्जय महर्जन र दिनेश शर्माको अभिनय रहनेछ ।

मदन ताम्राकार कार्यकारी निर्माता रहेको चलचित्रलाई उनैले लेखेका हुन् । माघबाट छायांकनमा जाने चलचित्रमा टंक बुढाथोकीको संगीत, शंकर महर्जनको एक्सन, शिव वीकको नृत्य र दिव्य सुवेदीको छायांकन रहनेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4